२०८३ श्रावण १३, बुधवार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगल शाही चयन

सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मङ्गलबार शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहीले मङ्गलवार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ। शाहीकाे शपथ भने भाेलि हुनेछ ।