२०८३ असार १९, शुक्रवार

कोरिया जाने सपना त्यागेर स्वदेशमै सफलता: प्रदीप मैनालीको ‘फटाफट मिस्त्री’ अब घर निर्माण क्षेत्रमा

काठमाडौं । अधिकांश नेपाली युवाको सपना विदेश पुगेर राम्रो आम्दानी गर्ने हुन्छ। दक्षिण कोरियाको भिसा हातमा पर्दा धेरैका लागि त्यो जीवनको ठूलो उपलब्धि मानिन्छ। तर युवा व्यवसायी प्रदीप मैनालीले भने त्यही अवसर त्यागेर आफ्नै देशमा केही गर्ने अठोट लिए। आज उनी त्यही निर्णयलाई सफल बनाउँदै सयौं युवाका लागि प्रेरणाको पात्र बनेका छन्।

वैदेशिक रोजगारीको आकर्षणभन्दा स्वदेशमै उद्यम र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका मैनालीले सञ्चालन गर्दै आएको Fatafat Mistri Pvt. Ltd. ले अब घर निर्माण क्षेत्रमै सेवा विस्तार गर्ने भएको छ। कम्पनीले आगामी २०८३ साल भदौदेखि घर निर्माणको सम्पूर्ण जिम्मा लिने गरी सेवा सञ्चालन गर्ने तयारी पूरा गरेको जनाएको छ।

यसअघि कम्पनीले काठमाडौं उपत्यकाभित्र मिस्त्री, प्लम्बर, इलेक्ट्रिसियन, कार्पेन्टर, पेन्टिङ, टायल, फल्स सिलिङ, हाउस मेन्टेनेन्स तथा अन्य प्राविधिक सेवा प्रदान गर्दै आएको थियो। अब ग्राहकले घर निर्माणसम्बन्धी सम्पूर्ण सेवा एउटै कम्पनीमार्फत प्राप्त गर्न सक्नेछन्।

मैनालीका अनुसार कम्पनीको मुख्य उद्देश्य व्यवसाय विस्तार मात्र होइन, स्वदेशमै रोजगारी सिर्जना गर्नु पनि हो। “विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा अवसर सिर्जना गर्न सकिन्छ भन्ने विश्वासका साथ मैले कोरिया जाने अवसर त्यागेको हुँ। आज धेरै युवाले हाम्रो कम्पनीमार्फत रोजगारी पाएका छन्। आगामी दिनमा अझ धेरैलाई अवसर दिने लक्ष्य छ,” उनले भने।

निर्माण क्षेत्रमा गुणस्तरीय सेवा, दक्ष प्राविधिक जनशक्ति, पारदर्शी कार्यप्रणाली र समयमै काम सम्पन्न गर्ने प्रतिबद्धताका कारण कम्पनीले छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ।

कम्पनीका ब्रान्ड एम्बासडर वरिष्ठ पत्रकार ऋषि धमला रहेका छन्। त्यसैगरी अस्ट्रेलियामा रहेका बिमल पोखरेल सल्लाहकारका रूपमा आबद्ध छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) युवा व्यवसायी किरण कार्कीप्रबन्ध निर्देशक (MD) राजन श्रेष्ठ, जो हाल फ्रान्समा छन्, कम्पनीको व्यवस्थापन सम्हालिरहेका छन्।

हाल काठमाडौं उपत्यकाभर सेवा प्रदान गरिरहेको कम्पनीले निकट भविष्यमा देशका प्रमुख शहरहरूमा समेत आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

स्वदेशमै केही गर्न चाहने युवाका लागि प्रदीप मैनालीको यात्रा एउटा सन्देश बनेको छ—अवसर विदेशमा मात्र होइन, दृढ इच्छाशक्ति भए आफ्नै देशमा पनि सम्भावना प्रशस्त छन्।

थप जानकारीका लागि :
मोबाइल: ९८५१२१२५५७
फोन: ०१–५९२८१६०