२५ बैशाख २०८३, शुक्रबार

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोज शर्मा सिफारिस

काठमाडौं :न्याय परिषद्ले सर्वाेच्च अदालतकाे सम्मानित पद प्रधान न्यायाधीशमा डा. मनाेज शर्मालाई सिफारिस गरेकाे छ ।यश अघि नै परिषद्ले प्रधान न्यायाधीश पदका लागि सर्वाेच्च अदालतका ६ जना न्यायाधीशकाे नाम सिफारिस गरेकाेमा संवैधानिक परिषद्ले बिहिवार शर्मा लाई न्यायाधीशमा सिफारिस गरेकाे हाे ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ बर्षे उमेर हदका कारण गत चैत १८ गते देखि अवकाशमा गए पछि उक्त पदका लागी सर्वाेच्चकि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित कुमार रेग्मी,हरिप्रसाद फुयाल, डा.मनाेज शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ काे नाम न्याय परिषद्ले संवैधानिक परिषदकाे सचिवालयमा पठाएको थियाे ।

नेपालीको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीश काे राेल अनुसार चाैथाे क्रमशमा रहेका शर्माकाे नाम सिफारिस भयकाे पहिलो घटना हाे ।संसदीय सुनुवाइ समितिले नाम अनुमाेदन गरे पछि शर्मा नेपालीको ३३ ओै प्रधान न्यायाधीश मा नियुक्त भयका छन ।