४ चैत्र २०८२, बुधबार

लोकप्रिय गायक तथा सर्जक बसन्त लम्सालको नयाँ गीत सार्वजनिक

काठमाडौं । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक बसन्त लम्सालको नयाँ गीत सार्वजनिक भएको छ ।

उनले आफ्नै शब्द तथा संगीतमा मगर्नीको तीनपाने भाग २ सार्वजनिक गरेका हुन् । रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा विश्वास नेपालको संगीत संयोजनमा गायक लम्साल संगै गायिका सपना गाहा र सम्झना रणपालको स्वरमा सजिएको छ।

वसन्त लम्साल युटुव च्यानलबाट रिलिज गरिएको उक्त गीतको म्युजिक भिडियोमा श्याम राना मगर,कला थापा,रञ्जित श्रेष्ठ र सुमन परियारको दमदार अभिनय रहेको छ।

गीतलाई निशान एसकेले निर्देशन गरेका छन् भने दिनेश पराजुलीले छायांकन र सुशील डाँगीको सम्पादन रहेको छ ।

हेर्नुहोस उक्त गितको पुरा भिडियो :