२७ पुष २०८२, आईतवार

नेप्सेम्याकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र ( नेप्सेम्याक) को आयोजना र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेप्सेम्याक सेवा प्रा.लि.को स्वयम्भु शाखामा भएको उक्त कार्यक्रमको अध्यक्षता शाखा प्रमुख बाबुराम घिमिरेले गर्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी ईचंगुका अध्यक्ष समाजसेवी प्रताप दानी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।
वातावरण संरक्षण गैर सरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहालको बिशेष आतिथ्यता रहेको कार्यक्रममा संचालकहरु तुलसीराम सिटौला,एकराज सुबेदी, नेप्सेम्याकका प्रवक्ता लक्ष्मी प्रसाद घिमिरे, कर्मचारी युनियनका अध्यक्ष सोमनाथ ढकाल, परिवर्तन सेवा प्रा.लि.का संचालक स्विट थापा, भिम कुमार श्रेष्ठ,भोजपुर व्यापार व्यावसाय संघका सल्लाहकार हरिकृष्ण बास्तोला ,मिडियाकर्मी डि.बि. पराजुलीको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सहजिकरण तथा संचालन नेप्सेम्याकका फिल्ड प्रमुख दिपक कार्कीले गर्नु भएको थियो ।
कार्यक्रममा नेप्सेकवीको नामले परिचित लक्ष्मी प्रसाद घिमिरेले आफ्ना शब्दहरुबाट उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै वातावरण संरक्षण गैर सरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहालले फोहारमैला व्यवस्थापनको क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरि हजारौंलाई रोजगारि दिई रहेको स्मरण गराउँदै सरकारले सहि नीति र व्यवहारिक कानुन बनाएर कार्यन्वयन गराउन सके फोहरलाई मोहरमा रुपान्तरण गरेर संमृद्ध नेपाल निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।
व्यवसायीक कम्पनिको सामाजिक उत्तरदायीत्व बहन गर्ने कार्ययोजनाभित्र पारेर यस्ता वातावरण तथा स्वास्थ संग सम्बन्धित कार्यक्रम सन्चालन गर्नु अत्यन्तै राम्रो कुरा भएको भन्दै अध्यक्ष दाहालले रक्त अभाव हुनबाट जोगाउन र शरिरको नियमित चेकजाँच गरेर स्वस्थ रहन बेलाबेलामा यस्ता शिविरहरु हुनु आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी ईचंगुका अध्यक्ष समाजसेवी प्रताप दानीले बिगत २५—२६ बर्ष देखि आफुले नेप्सेम्याकको नजिकै रहेर हरेक कामहरुमा सहजिकरण र सल्लाह सुझाव दिँदै आएको बताउँदै फोहर व्यवस्थापनको क्षेत्र सेवा मुलक व्यवसाय भएको प्रष्ट पार्नु भयो ।
सेवा मुलक व्यवसायमाथि हुने चुनौति र जोखिम मोल्दै यहाँ सम्म आई पुगेको नेप्सेम्याकको प्रशंसा गर्दै प्रमुख अतिथि दानीले यस्ता स्वास्थ्य शिविर र रक्तदान जस्तो पुण्य कार्यले गर्दा नेप्सेम्याकको महत्व अझ बढेको बताउनु भयो ।
औपचारिक कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा शाखा प्रमुख बाबुराम घिमिरेले सम्पुर्ण कर्मचारी तथा संचालकहरुलाई शिविरमा सहभागिता जनाउन अपिल गर्दै कुनै बेला आफुलाई आपतपर्दा एक पिन्ट रगत नपाएको अवस्थालाई सम्झेर ,आफ्नो खेर जाने रगतले अरु २ जनाको ज्यान बाँचन सक्छ भन्ने आसयले रक्तदान गर्न समेत आह्वान गर्नु भयो ।
कार्यक्रमममा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्वास्थकर्मीहरु द्वारा नेप्सेम्याकका संचालक तथा कर्मचारीहरुको स्वास्थ्य जाँच र रक्तदान गरिएको थियो ।