डि.बि.पराजुली
हामीले आफ्नो लागि आवस्यकता पर्ने हरेक बस्तु वा सेवा आफैं निर्धारण र उत्पादन गर्नु भन्दा पनि अरु कुनै कम्पनी वा व्यापारीहरुले तयार गरि दिएको वस्तु वा सेवामा रमाउने बानी पारि सकेका छौं । त्यति मात्र होइन हामी भौतिक वा रचनात्मक श्रम बिनानै नाफा कामाउने योजना बनाउन ब्यस्त भई रहेका हुन्छौं । यसले हामिलाई परनिर्भर बनाएको त छ नै, बाँच्न या मर्न पनि अरुको भर पर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
आफ्नो जीवनको निर्णय समेत आफै गर्न नसक्ने आवस्थामा हामी आफुलाई सभ्य नागरिकको कित्तामा उभ्याउन खोजी रहेका छौं ।
व्यक्ति ,परिवार र सामाजको अन्तरसम्बन्ध समेत भुलेर समाजलाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थपूर्तिकालागि मात्र काम गर्न खोज्दा सामाजिक रिति रिवाज संस्कार,संस्कृति सबै लोप भएर जाने अवस्थामा पुगेको यथार्थ हामी सामु छर्लङ्ग छ ।
निराशावादी आत्मसमिक्षा , चाकडी र चाप्लुसी बाट मात्र आफुलाई स्थापित गराउने चाहाना , कुन्ठा र हिनताबोधको कारण आम मानिसहरू बिस्तारै बिस्तारै डिप्रेसनको सिकार बन्दै गई रहेको देख्न सकिन्छ ।
छिटोभन्दा छिटो नाम वा दाम कमाउने चाहानाले मानिसलाई अपराधिकरण गर्दै गई रहेको छ ।
यो समाजमा कस्ता कस्ता क्रियाकलाप हुन्छ ,समस्या केहो भन्ने हामी सबैलाई ज्ञान छ । समस्याहरूका चाङ देख्दा देख्दै पनि त्यसलाई बेवास्ता गरी निजि स्वार्थ पूरा गर्न दिनरात लागीरहेका हुन्छौं ।
सामाजिक अवस्थामा सुधार हुँदा व्यक्तिगत जिवनमा ठूलो परिवर्तन आउन सक्छ भन्ने भुलेर एक व्यक्तिले सिङ्गो समाजलाई आफ्नो चाहाना अनुसार नेतृत्व गर्न खोज्दा आज सामाजिक परिवेश लथालिङ्ग भएको छ ।
आज एक घर भित्रको समास्या बाहिर भनी नसक्नुको अवस्था छ ।
हरेक मामिस पुर्णरुपमा बनावटी जीवन बाँचिरहेका छन् । सबै थाहा पाएर पनि उ आफुलाई बदल्न चाहाँदैन र सक्दैन पनि उ यो अवस्थालाई समय को खेल भनेर चित्त बुझाउँछ ।
धन सम्पत्ति यश आराम हुने संग पारिवारिक एकता छैन ,परिवार संगै छैन । जो संग परिवार सबै संगै छन् उनिहरु सङ आफुलाई सामान्य जीवन यापन गर्न सक्ने श्रोत साधान समेत छैन । यो वर्तमान समाजको मुख्य अंतर्विरोध हो ।
धनिको धन देखेर गरीबीको मार खेपिरहेका हरुको मनमा जागृत भएको अपराधिकरण र आफ्नो धन को बलमा गरिब माथी शोषण गर्ने धनी हरुको मनम आउने अपराधिकरणले यो समाजलाई जटिल संकट तर्फ लैजाने संकेत गरिरहेको हामी देख्न सक्छौं ।
पछिल्लो समय अलि अलि पलाउँदै गएको सामाजिक अभियानहरु पनि परिणाम मुखी भन्दा पनि सामाजिक संजालमुखी हुन थालेको छ, जसले गर्दा सामाजिक अभियन्ता हरुको जीवन शैली र आनि बानी प्रती नै प्रश्न उठ्न थालेको छ ।
राज्यको चौथो अंगको रूपमा रहेको संचार क्षेत्र समेत राजनैतिक प्रचार प्रसार को केन्द्र बन्दै सत्य र खोज मुलक सामाग्री भन्दा पनि भ्यूजको लागि न्यूज वा आम्दानी मुलक न्यूज र बार्गेनिङ न्यूज बनाउनमा ब्यस्त हुन थाले पछि यसले समेत समाज लाई सहि दिशानिर्देश गर्न सकिरहेको छैन् ।
विद्यालय देखि अस्पताल सम्म समान्य नागरिक हरुको पहुँच भन्दा बाहिर छ । यो क्षेत्रको ब्यापारिककरणले आमनागरिक शिक्षा र स्वास्थ्य जस्तो आधारभुत आवस्यकताको पहुँच भन्दा बाहिर रहेको देखिन्छ ।
बिचौलिया बिना कुनै काम हुन नसक्ने खालको स्थिती बने पछि आम मानिसहरु उत्पादन भन्दा बिचौलियाको रुपमा काम गर्न उत्साहित भएको कारण सामाजले बिस्तारै जटिल मोड तिर बाटो सोझ्याईरहेको छ ।
यो अवस्थाबाट समाजलाई सहि बाटोमा लैजाने उदेश्य बोकेर सडकमा निस्केका जेन जि पुस्तालाई पनि बिचौलियाहरुले पुरै पुरातन शैलिको राजनीतिकरण गर्न सफल भए पछि अब देश कता जानेहो भन्ने चिन्ता हुन थालेको छ ।
यी सबै समस्या देखाएर उमकने छुट अब म नेपाली हुँ भन्ने कोहिलाई पनि छैन ।
गरीबी कै कारण सकिएका सोमालिया र श्रोत सम्पन्न भएर पनि सकिएको युक्रेन वा गलत शासक को कारण रित्तिएको श्रीलंका जस्तो अवस्था मा नेपाल नपुगोस् भन्नको लागि अब सबै सचेत नागरिक एक पल्ट गंभिर हुन जरुरी भएको छ ।
शान्ति , बिकास र उत्पादन मार्फत देश लाई संमृद्धिको बाटोमा अगाडि बढाउनु आजको आवस्यकता हो । यसको लागि मनमा भएको हिनता,कुन्ठा र निजि स्वार्थलाई तिलान्जली दिएर सकारात्मक सोचका साथमा रचनात्मक कार्यशैली अपनाउनु पर्ने हुन्छ ।
यसको लागि कति तयार हुनुहुन्छ रु
यस्तै अवस्था मा नेपाल चल्ने हो भने केही समय पछि नेपालीहरू ईतिहासमा कहिल्यै नभोगेको परिस्थिति को सामना गर्न तयार भएर बस्दा हुन्छ ।
देशमा स्थापित गायक, गायिका, कलाकार तथा उच्च पदबाट बाहिरीएका व्यक्ति हरु समेतको वैदेशिक पलायनताले देशलाई गम्भीर संकेत गरिरहेको भान हुन्छ ।
एकातिर यूवा हरुको श्रम र पसिना बाट आर्जित रेमिटेन्स बाट देश चल्नु , अर्को देशमा भएको पुंजी पलायन हुनु दुबै अवस्थाले देशलाई दुरवस्था तिर धकेलिदिएको देख्न सकिन्छ ।
यी सबै अवस्था बाट देशलाई सहि ट्रयाक मा ल्याउन देशले जे खोजिरहेको छ, के हामि त्यो दिन तयार छौं त रुरुरु
