काठमाडौं : ज्वजलपा ग्वाहाली पुच: काठमाडौं नामक संस्थाले सुनापति गाउपालिका – २ रामेछाप स्थित श्री अग्लेश्वर माध्यमिक विद्यालय धिमिका ८२ जना विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरेकाे छ।
सनिवार काठमाडौंमा एक कार्यक्रम आयाेजना गरि उक्त विद्यालयका प्र.अ. चन्द्र बहादुर घिसिङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप केसि समक्ष न्यानाे कपडा हस्तान्तरण गरि साे कार्यक्रम सम्पन्न गरेकाे हाे।
२०८२ साल असार ८ गते स्थापना भयकाे उक्त संस्थाले दुर्गम र पिछडिएका क्षेत्रका विपन्न बालबालिकाहरुलाई टेवा पुग्ने उद्धेश्यका साथ उक्त कार्यक्रम आयाेजना गर्दै आयकाे संस्थाको अध्यक्ष शुसिला खड्कीले बताइन् ।
जाडाे माैैसममा कतिपय दुर्गमका बालबालिका विद्यालयमा आउन नसक्नु,पठनपाठनमा वाधा पुग्ने जस्ता समस्या हरुलाइ मध्यनजर गर्दै विभिन्न समाजसेवीहरुकाे सहयाेगमा साे क्षेत्रमा न्यानाे कपडा वितरण कार्यक्रम आयाेजना गरियकाे सामाजिक अभियान्ता सरस्वती काफ्ले बताउछिन ।
उक्त कार्यक्रमका लागि- ईना महर्जन,विश्वदिप बिष्ट,सराेज झकास,अरुण शाक्य,सानाे पाईला,मध्य उपत्यका बस व्यबसायी तिनकुने-काठमाडौंका अध्यक्ष प्रकाश डंगाेल,श्री दुर्गा होजियारीका प्रोप्राइटर समाजसेवि श्री मुक्ती प्रसाद भण्डारी (बुटवल), र एयरपोर्ट प्रहरी कार्यालयका इन्सपेक्टर लोकेन्द्रबहादुर मल्ल र छिरिङ लामा काठमाडौं लगायतका ब्यक्तिहरुकाे सहयाेगमा उक्त कार्यक्रम सम्पन्न गर्न सहज भयकाे अभियान्ता काफ्ले बताउछिन ।
याे संस्थाको उद्धेश्य भनेकाे समाजमा दुख र अफ्ट्यारोमा परेका ब्यक्ति हरुका लागी सानासाना सहयाेगले उनिहरुकाे मनमा खुसि ब्यक्त हाेस भन्ने रहेकाे र ज्वजलपा शब्द राजधानीमा मात्र नभयर देशै भरिका ब्यक्तिहरुमा पुगाेस भन्ने उद्धेश्यले संस्थाकाे उद्धेश्य रहेकाे संस्थाका सल्लाहकार सर्जु रावतले बताउनु भयाे।
