२२ मंसिर २०८२, सोमबार

खानिखोला गाउँपालिका खेलकुद बिकास समितिको विवाद सतहमा आयो : समिति सदस्य रुपेश लोप्चनले दिए राजिनामा

गाउँ गाउँमा सिंहदरवारको नारा दिएर बनेको स्थानिय सरकारको गतिबिधिहरु पछिल्लो समय निकै विवादास्पद हुँदै गएका छन् ।
केहि समयदेखि विवादमा मुछिएको काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिकाको खेलकुद विकास समितिको विवाद यतिबेला सतहमा आएको छ ।
खेलकुद बिकास समितिका सदस्य रुपेश लोप्चनले समितिको बैठकमा राजिनामा पेश गरेपछि विवाद सतहमा आएको हो ।
गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ(छिन्ताङ) को संरक्षणमा खेलकुद बिकास समितिका अध्यक्ष प्रेम प्रकाश लामाले आफुखुसी निर्णय गर्दै खेलकुद बिकास समिति मार्फत आर्थिक अपचलन समेत गरेको समितिका सदस्य रुपेश लोप्चनको आरोप छ ।
खानिखोला गाउँपालिका गाउँ कार्यसमितिको मिति २०७९ फागुन २१ गतेको निर्णय अनुसार गाउँ खेलकुद विकास ऐन २०७९ परिच्छेद २ को दफा २ बमोजिम कार्य गर्ने गरि गाउँ खेलकुद विकास समिति सदस्य पदमा मनोनीत भएका लोप्चनले सुरुवाती देखिनै समितिको संयोजक प्रेम प्रकाश लामा खेलकुद विकास समितिको कार्यविधिलाई मतलब नराखी मनोमानी ढंगले चलेको ,खेलकुद विकास समिति बाट हुने आर्थिक हिसाब किताब हरु पारदर्शी नदेखिएको र विगत २ बर्ष देखि खानिखोलाको कुनै खेलकुद कार्यक्रम अगाडि बढाउन नसकेको आरोप लगाएका छन् ।
बिगत २ बर्ष देखि समितिलाई निष्कृय बनाउँदा खानिखोला खेलकुद क्षेत्रमा अपुरणीय क्षती मात्र नभई आम युवाहरूको खेलकुद प्रतिको भविस्य अन्योलमा मा परेको छ लोप्चनको ठहर छ ।
कार्यालय सन्चालनको लागि भनेर छुट्याएको १ लाख ५० हजार रकमको हिसाव संयोजक प्रेम प्रकाश लामा संग माग्दा त्यो बजेट रकमान्तर भएको भन्दै पन्छिन खोजेको र हिसाब नदेखाएको लोप्चनले आरोप लगाएका छन् ।
समितिमा भएका गतिबिधिहरुको बारेमा पारदर्शिता माग गर्दै बैठकमा कुरा उठाए पछि समितिका संयोजक प्रेम प्रकाश लामाले सार्वजानिक स्थानमा बसेर सदस्य रुपेश लोप्चनलाई हातखुट्टा भाँच्ने र ज्यानै मार्ने सम्मको धम्किदिएको सोकुरा केहि स्थानियहरुले समेत सुनेको लोप्चनले बताए ।
यो बिषयमा हामिले संयोजक प्रेम प्रकाश लामा संग सम्पर्क गरेर बुझ्दा आफुले कुनै पनि भ्रष्टाचार जन्य कार्य नगरेको र बिगत केहि बर्ष देखि गाउँपालिका बाटनै खेलकुद क्षेत्रमा बजेट नआएको हुनाले खेलकुद क्षेत्रका कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिएको बताए ।
त्यति मात्र होईन अग्रसर नेपाल नामको संस्था संगको सहकार्यमा गरिएको कार्यक्रममा समेत घोटला भएको समिति सदस्य लोप्चनको दावी छ ।
यस्तो अवस्थामा यो समितिमा बसेर आम नागरिक बिशेषगरि खानिखोलाका युवा तथा खेलाडीहरुको आत्म सम्मानमाथि ठेस पुग्ने कार्यमा सम्लग्न हुन आफ्नो नैतिकताले नदिने हुँदा आफुले राजिनामा दिनु परेको लोप्चनले हाम्रा संवाददातालाई बताए ।
खानिखोला गाउँपालिका गाउँ खेलकुद विकास ऐन २०७९ को अधिनमा रहि बनेको खेलकुद बिकास समिति संचालन कार्यबिधिमा तोकिए भन्दा अन्य मानिसहरुलाई समेत समितिको बैठकमा उपस्थित गराउँदै माईन्युट समेत तयार गरि अगाडी बढ्ने प्रयत्न भए पछि यो विवाद सतहमा आएको हो ।
२०८२ मंसिर १७ गते डाकीएको समितिको बैठकमा भर्खर मात्र त्यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भएर कार्यभार सम्हालेका राम कुमार तिमल्सेना लाई सदस्य सचिव भनेर मार्यन्युटमा समेत लेखिएको तथा यस भन्दा अगाडी समितिमा नरहेका चक्र बहादुर थापा र होम बहादुर वाईबा लाई समितिको सदस्य भनेर लेखि बैठकमा छलफल नै नगरि बाहिरबाटै माईन्युट तयार गरि निर्णयहरु समेत लेखेर बैठकमा ल्याए पछि समितिमा असन्तुष्टि बढेको समिति सदस्य लोप्चनले बताए । ऐन र कार्यबिधि अुनुसार प्रमुख प्रशासकिय अधिकृत यो समितिको सदस्य सचिवमा रहने कतै पनि व्यवस्था नभएको समेत लोप्चनको दावी छ ।
यस्तै गलत ढंगबाट मनोमानी तरिकाले अगाडी बढ्न खोजे खानिखोलाका जागरुक नागरिकहरुले त्यसै नछोड्ने समेत लोप्चनले बताए । यो मुद्धाको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग , केन्द्रिय अनुसन्धान व्यूरो र राष्ट्रिय सतर्कता केन्द्र तथा सम्पति सुद्धिकरण बिभागमा समेत दर्ता गराउने तयारी रहेको समिति सदस्य लोप्चनले जानकारी गराएका छन् ।