काठमाडौ:नेपालका सम्पूर्ण कम्युनिस्ट,वामपन्थी पार्टीहरुकाे समूहको सहभागितामा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको छ ।
२० वर्षदेखि अभियान सञ्चालन गर्दै आएको हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका साथमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय र माणिक लामा प्रतिष्ठानको साथमा शनिबार काठमाडौँबाट महाअभियान आरम्भ भएको घोषणा गरिएको हो ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको अभियन्ता अशोक सुवेदीले बताए । महाअभियान आरम्भ गर्न ८९ वर्षीय वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीदेखि गङ्गालाल–पुष्पलालका ९३ वर्षीय भाइ विजयलाल श्रेष्ठसम्म पर्यटन बोर्डको सभाकक्षमा पुगेका थिए ।
अभियान आरम्भ गर्न सहिदहरूका सम्मानमा सहिद परिवारका सदस्यहरू सरला रेग्मी, लक्ष्मी पौडेल, इन्द्रकला राई र राम वहादुर सिंह( रेडियम)का साथमा वयोवृद्ध कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारीले रातो मैनबत्ती बालेर उद्घाटन गरेका थिए ।
महाअभियान आरम्भ गर्न पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल कार्यक्रम स्थलमा आइपुगेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड र केपी शर्मा ओलीले महाअिभियानका लागि शुभकामना सन्देश पठाएका थिए । कार्यक्रममा २९ कम्युनिस्ट÷वामपन्थी पार्टीका प्रमुख÷प्रतिनिधिहरू, कूटनीतिज्ञहरू, कुलपति÷उपकुलपतिहरू, पूर्वगभर्नरहरू, त्रिविका प्राध्यापकहरू कम्युनिस्ट अन्तर्राष्ट्रिय गीतमा सामेल भएपछि पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ भएको घोषणा गरिएको थियो ।
काठमाडौँबाट आरम्भ भएको महाअभियानमा, वामपन्थी नेता एवम् पुष्पलाल–गङ्गालालका भाइ विजयलाल श्रेष्ठ, पूर्वगभर्नर एवम् अर्थशास्त्री डा. दीपेन्द्रबहादुर क्षेत्री, माक्र्सवादी विश्लेषक श्याम श्रेष्ठ, विश्लेषक प्रा. डा. सुरेन्द्र के. सी, समालोचक प्रा. डा. रामप्रसाद ज्ञवाली, महिलानेत्री सरला रेग्मी, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, दुई नेकपाका अध्यक्षहरू लोकनारायण सुवेदी र ऋषिराम कट्टेल, समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तुमछाली, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, पुष्पलालका भाइ विजयलाल श्रेष्ठलगायत बौद्धिक, २९ कम्युनिस्ट वामपन्थी पार्टीका नेता तथा प्रतिनिधिहरूले महाअभियानका अगुवा अशोक सुवेदीद्वारा लिखित÷सम्पादित पुष्पलाल माक्र्सवादी विश्वविद्यालय नामक ग्रन्थ सामूहिक लोकार्पण गरेपछि महाअभियान आरम्भ भएको घोषणा गरिएको हो । वक्ताहरूले यो महाअभियान सफल पारेरै छोड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा माक्र्सवाद र पुष्पलालसम्बन्धी ५० भन्दा बढी समूह र संस्थाहरूले ऐक्यबद्धता व्यक्त गरेका छन् । आयोजकले यसै वर्षको चैत महिनामा पुष्पलाल जन्मस्थल रामेछापको भँगेरी र सिर्जनानगरमा माक्र्सवादी विश्वविद्यालयको उद्घाटनका साथै पठनपाठन आरम्भ हुने लक्ष्य राखेका छन् ।
कार्यक्रममा समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेताहरू विनोद थापा, माधव गौतम, हीरामणि रावल, रामबहादुर सिंह, सीता गौतम, अर्जुन वली, ईश्वर बुढाथोकी, सुजाता, सरोज न्यौपाने, पुष्पलाल माक्र्सवादी विश्वविद्यालयका विश्वम्भर लामिछाने, माणिक लामा प्रतिष्ठानका ल्हामो लामा, सुनी लामा, नवीना लामा, विभिन्न माक्संवादी सङ्घसङ्गठनलगायत विभिन्न कम्युनिस्ट पार्टीका नेता र बौद्धिक समुदायको उल्लेख्य सहभागिता थियो ।
