सुर्खेत । जेन्जी २.० सबै पुस्ताको रास्ट्रीय अभियानले कर्णाली प्रदेशको भेला सम्पन्न गरेको छ, भेलाले हिक्मत जङ्ग मल्लको नेतृत्वमा प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी २३५ सदस्यीय समिति रहेको प्रदेश कमिटी गठन गरेको छ । अभियानले यस अघि कार्तिक २२ गते गण्डकीमा भेला सम्पन्न गरेको थियो ।
यो रास्ट्रीय अभियानले जेन्जी आन्दोलन को रक्षा र संस्थागत बिकासका लागी प्रधानमन्त्री कार्यालयलाई यसअघि नै कोडअफ कन्डक्ट सहितको सुझाव पत्र बुझाइसकेको छ, शक्तिशाली भ्रष्टाचार छानबिन आयोग गठन गरी कारबाही प्रक्रिया अगाडि बढाउन र आउदो चुनावलाई जेन्जीलाई समेत सहभागी गराउनका लागी, बेजिल्ला बसोबास गर्ने सबै मतदाता र बिदेश बस्ने नेपाली मतदातालाई मतदान गर्न पाउने व्यवस्था गर्न सरकारलाई सुझाएको छ ।
१. जेन्जी जन-आन्दोलन र रास्ट्रपति बिच नयाँ निकास सहितको सम्झौता । २. शक्तिशाली भ्रष्टाचार छानबिन आयोग ३. चुनावमा बेजिल्ला र प्रबासी नेपालीलाई मतदान गर्ने व्यवस्था ।
- जेन्जी जन-आन्दोलन २०८२ घोषणा, सहिद परिवार र घाइते योद्धाहरुलाई सरकारले गरेको प्रतिबद्धताको कार्यान्वयन ।
- बिद्रोही शक्तिलाई अनावश्यक झुठो मुद्दामा पक्राउ नगर्न र पक्राउ गरेका जेन्जी आन्दोलनकारीलाई निशर्त रिहाई गर्न ।
- शक्तिशाली भ्रष्टाचार छानबिन आयोग गठन र तुरुन्तै कार्यन्वयन पक्रीया अगाडि बढाउन ।
४. जेन्जी आन्दोलनको म्यान्डेट अनुसार “शुसान, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जबाफदेहीता” यही ४ कुरामा टेकेर सरकार संचालन गर्ने ।
- बाकी महत्त्वपूर्ण मुद्दाहरूको बिसयमा सर्बदलिय र सर्बपक्षीय “रास्ट्रीय संवाद” सर्बपक्षीय सम्मेलन/गोलमेच सम्मेलन मार्फत रास्ट्रीय सहमतिमा जनमतसंग्रह गर्ने ।
- यो चुनावी सरकार मात्रै हैन, नागरिक बिद्रोहको जगमा जेन्जी आन्दोलनले बनाएको नागरिक सरकारको मुख्य कार्यभार पनि रहेको छ, सरकार अलमलमा नपरी अगाडि बढ्नुपर्छ, यो सरकारलाई पुर्ण रूपमा सफल बनाउन हामी सतिसाल झैं सरकार को पक्षमा उभिएका छौँ ।
- अलमल भए, दबाब वा प्रभाव आए सरकारले हामीलाई भनोस, हैन भने जेन्जी आन्दोलन को म्यान्डेट अनुसार काम गरोस् ।
- शान्ति पुर्ण निकासको बाटोहरु छ्न, सबै पक्ष संयमित भएर वर्तमान संकट टार्न पर्दछ र रास्ट्रीय एकता कायम गर्नुपर्दछ ।
सरकार र सरोकार पक्ष, सबैदल र सबै पक्षहरु अब रास्ट्रीय सम्बादमा जुटौं । अभियानका केन्द्रिय सम्पादन समिती सदस्य खड्का ले भने, यो मात्रै अहिले को बैज्ञानिक विकल्प हो ।
कार्यक्रममा कर्णालीका संरक्षक डम्बर साहु, कार्य सम्पादन सदस्य गौरव देबकोटा, प्रबक्ता अबिन लिम्बु, स्वतन्त्र बुद्धिजीवी डा. गोबिन्द आचार्य सहित घाईते तथा जेन्जी युवाहरूको ठुलो उपस्थिति थियो ।
अभियानको संरक्षक डा. हरी कार्कीको नेतृत्वमा बिज्ञहरु, बुद्धिजीवी, पुर्ब रास्ट्रसेबकहरु, स्वतन्त्र पत्रकार, नागरिक समाज, प्रबासी नेपाली समाज, भ्रष्टाचार विरुद्धको अभियानहरु, स्वतन्त्र अभियान र अभियन्ताहरुको ठुलो शक्ति यो अभियान सङ्ग आबद्ध छन ।
उनले भने, मुलुक को शान्तिपुर्ण निकास नै अहिले यही अभियान सङ्ग मात्रै छ, यसलाई नागरिक सरकारले साथमा लिएर अघि बढोस्, यो शक्ति अबको मुख्य धारको राजनीतिक शक्ति बन्ने निश्चितै छ ।
