२७ आश्विन २०८२, सोमबार

खाेलामा पाैडि खेल्न गयकि दुई बहिनी मृत अवस्थामा भेटिए

जाजरकोट :जाजरकोट खाेलामा पौडी खेल्न गयकि एकै घरकि दुई दिदी बहिनि मृत अवस्थामा भेटिए कि छन ।

कुशे गाउँपालिका-७ समाकोट खोलामा पौडी खेल्न गएका दुई जनाको मृत्यु भएको हो।

स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।

दुवै दिदी बहिनीको शव घरमा ल्याएर राखिएको छ ।आज शनिबार शव परीक्षण गरिने उनले बताए ।