३ आश्विन २०८२, शुक्रबार

शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको सुस्केरा मुभिको छायांकन सम्पन्न

उपेन्द्र खड्का ( रंगमन्च संवाददाता )

काठमाडौं । कर्मविर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा ममता रायमाझीको प्रस्तुति डा ओमकृष्ण प्रसाईं , मोहन गमाल, मनोज अधिकारीको निर्माण अनि शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको सुस्केरा मुभिको छायांकन सक्किएर पोस्ट प्रोडक्सनको काम सुरु भएको छ ।

एउटा सडक बालक जो आफुमै आत्मनिर्भर छैन तर उ अरुको लागि बाच्न चाहान्छ , यहि शेरोफेरो बुनिएको सुस्केराले समाजको यथार्थ चित्रण बोल्छ ।
चलचित्रमा बालकलाकार हरु शुभम अधिकारी , हार्दिक पौडेल , नायरा प्रसाईं को अभिनय रहेको छ भने साथमा शर्मिला शर्मा , दिनेश कोइराला , डा ओमकृष्ण प्रसाईं , उषा किरण अधिकारी र अन्य बालकलाकार मनिषा श्रेष्ठ , सन्जित श्रेष्ठ , कल्पना भुजेल, उमेश मगर लगाएतको अभिनय रहेको छ , कुमार मानन्धरको छायांकन , मदन न्यौपानेको शृङार, सुरेश पाण्डेको नृत्य निर्देशन रहेको चलचित्रको डिजिटल पार्ट्नर ओएस आर डिजिटल रहेको छ ।
यहि मङ्सिरको छेको पारेर चलचित्रको प्रदर्शन गर्ने तयारी रहेको छ
पुर्बान्चल मिडिया कोर्डिनेटरमा ननोज दाहाल र उपत्यका मिडिया कोर्डिनेटरमा प्रमोद डिजि रहेकाछन् ।

चलचित्र लाइ आर आर फिल्मसले बितरण गर्नेछ ।
सुस्केरा चलचित्र सत्य घटनामा रहेको जानकारी लेखकर निर्देशक शंकर अधिकारी घायलले दिएकाछन् ।
यस चलचित्रमा गीत डा. ओमकृष्ण प्रसाईं , शंकर अधिकारी घायल
संगीत घायल कृष्ण , स्वरस् नित्याशिवा र कृष्ण भट्टराईको रहनेछ ।