काठमाडौं : ब्रह्मा कुमारी राजयोग उप सेवा केन्द्र रानीवारी र ग्रीन सिटी हस्पिटल तथा चक्रपथ सरसफाइ अभियानको सहकार्यमा भएको रक्तदान कार्यक्रम ४०७ प्रिन्ट रगत संकलन गर्दै समापन भएको छ ।काठमाडौंको बसुन्धारा,चौकीमा रहेको ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा यहि भाद्र ६,७,८ र ९ गते ग्रीनसिटी हस्पिटलको प्रागणमा बृहत रक्तदान कार्यक्रम संचालन भएको हो ।
यो अभियान ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागको आयोजनामा मेगा रक्तदान अभियान अन्तरगत सन्चालन भएको हो ।
रक्त अभावलाई न्यूनिकरण गर्दै समाजमा भाईचाराको बिकास गर्न तथा मानव स्वास्थ्यमा बिशेष चासो दिदै यो कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागले जनाएको छ ।
रक्तदान कार्यक्रमलाई मेगा रक्तदान अभियानको रुपमा अगाडी बढाउँदै प्रभागको अगुवाईमा देशैभर १३२ स्थानमा एकै समयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सह आयोजकको रुपमा ब्लोदान काठमाडौं जिल्ला मध्यक्षेत्र , चक्रपथ सरसफाई महाअभियान तथा रोटरी क्लब अफ काठमाडौं डाउनटाउन रहेका थिए भने सहयोगी संस्थाको रुपमा यती हेल्थ साईन्स् एकेडेमी महाराजागन्ज — ३ तथा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल रहेका थिए ।
यस्तै कार्यक्रमको मिडिया सपोर्टरको रुपमा तुफान न्यूज डटकम, नेपाली मिडिया अनलाईन टि भी ,राष्ट्रिय खबर डटकम तथा रोज नेपाल अनलाईन टिभी रहेका थिए ।
लगातार ४ दिन सम्म चलेको उक्त कार्यक्रमको व्यवस्थापन सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेतले गरेका हुन् ।
ग्रीन सिटी हस्पिटलका अध्यक्ष तथा चक्रपथ सरसफाई महाअभियानका संयोजक लोक बहादुर टण्डन तथा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीकी मुख्य सन्चालिका ब्रह्माकुमारी श्रृजना का अनुसार ४ दिनमा ४०० प्रिन्ट रगत संकलन गर्ने Almost राखिएकोमा लक्ष्य १०० प्रतिशत हासिल गरिएको बताएका छन् ।