३ आश्विन २०८२, शुक्रबार

बुटवल १२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तिजमिलन कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ले तिज मिलनकार्यक्रम मार्फत स्थानीयहरु संग मनोरन्जनका साथै अन्तरकृया गरेको छ ।
बुटवल १२ मिलनपार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा रास्वपा नेता बुद्धि प्रसाद शर्मा , आशिष न्यौपाने ,महेन्द्र उपाध्याय तथा आउदै गरेको उप निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवारको चर्चामा रहेकी मधु अर्याल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रस वि.पी.को केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज देवी लामिछाने पौडेल बिशेष अतिथि तथा बुटवल १२ का सभापति गिरी प्रसाद मरासिनी अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा मौलिक तिजको चर्चा गरिनुको साथै चलन चल्तिका गीतहरुमा नाँचेर मनोरन्जन गर्दै एक आपसमा अन्तरकृया समेत गरिएको थियो ।
कार्यक्रममा रुपन्देही ३ को उपनिर्वाचनको बिषयमा मात्र नभएर मिसन चौरासी र वर्तमान सरकारले जनताको हित बिपरित कार्य गरिरहेको बिषयमा समेत चर्चा भएको थियो ।
यो सरकार निभ्ने बेलाको बत्ति जस्तै भएको भन्दै वक्ताहरुले ८४ सालमा आम मतदाताहरुले देखाईदिनु पर्नेमा जोड दिनु भएको थियो ।
हाम्रै मतले सदनमा पुगेकाहरुले सदनमा पुगे पछि गर्ने व्यवहार सम्झेर मतदान गर्न रास्वपाले सबै मतदाताहरुमा आग्रह समेत गरेको छ ।