काठमाडौं :मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
सोमबार उनले पत्रकार सम्मेलनमार्फत आफूले दल खोल्न लागेको बताएका हुन्।
राजनीतिक दलको नाम घोषणा गर्नुअघि उनले आफूलाई राजनीतिमा जबर्जस्ती ल्याइएको दाबी गरे।
उनले आफू राजनीति गर्ने मान्छे नभएपनि परिस्थितीले गर्नुपर्ने बाध्यता भएको जिकीर गरेका छन्।
‘यो राजनीतिमा मलाई जबर्जस्ती ल्याइएको हो। म राजनीति गर्ने मान्छे होइन’ उनले भने, ‘हामीले दल खोलेर केही समयभित्र दल घोषणा गर्छौं, दलको नाम घोषणा गर्छौं।’
उनले विचलित भएका र कहाँ जाने? के गर्ने? भन्नेहरूका लागि आफूले विकल्प दिन खोजेको दाबी पनि गरेका छन्।