काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौं गाेगंबु नयाँ बसपार्क भित्र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।आज उक्त पार्टीले काठमाडौं उपत्यका केन्द्रित जनअभियान अन्तर्गत काठमाडौं अभियान टिमले उक्त सरसफाइ कार्यक्रम गरेको हाे । सरसफाइ कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा अभियान टिमका ईन्चार्ज विनयराज, संयाेजक रेडियम सिंह सदस्यहरु सिबि, शाेम, आकाश, नविन, रुद्र, सरस्वती लगायतकाे टिमले आज नयाबसपार्क भित्र सरसफाइ गरेर जन अभियानको सन्देश प्रवाह गरेका हुन । उक्त कार्यक्रम संगै पार्टीको तत्कालीन कार्यक्रमबारे पर्चाहरु पनि बितरण गरियकाे थियाे ।
साे पार्टीकाे यहीँ २०८२ असार ७ र ८ गते काठमाडौंमा सम्पन्न तेस्रो केन्द्रीय समितिकाे पुर्ण बैठकबाट उपत्यका केन्द्रित जनअभियान संचालन गर्ने निर्णय गरेको थियो । उक्त पार्टीले तत्कालीन कार्यनीति “जनतामा जाऔं ! जनताको सेवा गराैं !!” अभियान अवलम्बन गरि संचालन गरिरहेकाे छ ।
पार्टीले जनअभियानकाे सम्पूर्ण पार्टी केन्द्रीय सदस्य तथा जनबर्गिय माेर्चाहरुका प्रमुख र पदाधिकारीहरुलाई काठमाडौं केन्द्रित कमान्ड स्वयम् पार्टी महासचिव समरजंगले गर्दै विकेन्द्रित परिचालनम स्थायी समिति सदस्यहरुकाे नेतृत्वमा चारवटा टिम निर्माण गरि परिचालन गरेको साे पार्टीका केन्द्रीय कार्यलय सचिव मंन्जितले जानकारी दिनु भयो ।
उक्त चारवटा टिमहरु १) काठमाडौं : जिल्लामा ईन्चार्ज स्थायी समिति सदस्य विनय र कमान्डर पाेलिट ब्युरो सदस्य रेडियम, २) भक्तपुर : जिल्लामा स्थायी समिति सदस्य विप्लव र कमान्डर पार्टी कार्यलय सचिव तथा पाेलिट ब्युरो सदस्य मंजित, ३) ललितपुर : जिल्ला ईन्चार्ज स्थायी समिति सदस्य सर्वजित र कमान्डर डिआर र ४) विद्यार्थी : ईन्चार्ज पाेलिट ब्युरो सदस्य तर्क र कमान्डर तथा अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे नेतृत्वमा सम्पूर्ण पार्टी केन्द्रीय सदस्यहरुलाई उक्त टिममा रहने गरि मातहतमा कार्यविभाजन गरि परिचालन गरिएको समेत बताए ।
उक्त जनअभियान यहीँ असार १० गते एकैचोटि चार वटै टिमले आआफ्नाे जनअभियानका क्षेत्रहरुमा उद्धघाटन गरि संचालन गरिरहेका छन् ।