१३ असार २०८२, शुक्रबार

एघार कम्युनिस्ट पार्टीले अमेरिकी युद्धकाे विरुद्धमा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन

काठमाडौं : नेपालका एघार कम्युनिस्ट पार्टीले इरान र प्यालेस्टाइन माथिकाे अमेरिकी र इजरायली आक्रमणकाे घाेर निन्दा गर्दै  अन्तरक्रिया कार्यक्रम गरेका छन्।साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रममा रामप्रसाद पुरी–नेकपा मसाल, अग्नि सापकोटा –नेकपा माओवादी केन्द्र, सङ्गीत श्रोता –राजनीतिक सम्वाद थलानी, राजेस्वरी सुवेदी – बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , चित्रबहादुर केसी– राष्ट्रिय जनमोर्चा , धर्मेन्द्र बास्तोला – नेकपा (बहुमत), चिरन सी – नेपाल कम्युनिस्ट पार्टी , घनस्याम भुसाल – नेकपा एकीकृत समाजवादी समेतले मन्तब्य राखेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’ ले आफूहरूले इरानी जनताको न्यायपूर्ण आन्दोलनलाई समर्थन गरेको तर इरानको सरकार सही छ भनेर होइन, इरानको सार्वभौमिकतामाथि आक्रमण गरिएकोले समर्थन गरेको बताएका छन् ।“इरानमा कस्तो शासन हुनु पर्दछ भन्ने कुरा त्यहाँका जनताले टुङ्गाउने कुरा हो । तर एउटा सार्वभौम देशमाथि आक्रमण गर्नु निन्दनीय छ । आफ्नो देशको सार्वभौमिकताको रक्षाका लागि साम्राज्यवादको आक्रमण विरूद्ध प्रत्याक्रमणमा जानू पनि न्यायोचित छ ।, उनले भने, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको जि सेभेनको बैठकबाट अमेरिका फर्किएर दुई हप्ता गृहकार्य गरेर म निष्कर्षमा पुग्छु भनेका थिए । युद्ध विराम गराउँछु भनेका थिए । तर दुई दिनमै उनले ईरानमाथि आक्रमण गरे । उनी बोलीको कुनै ठेगान नभएका व्यक्ति हुन । साम्राज्यवादले युद्धको खेती गरेको छ । साम्राज्यवाद भनेकै युद्ध हो । साम्राज्यवाद रहँदा सम्म युद्ध रहिरहन्छ । न्यायप्रेमी जनता र उत्पीडित राष्ट्रहरूले अझ लामो लडाई लडन बाँकी छ ।”

उनले नेपालका वाम भनिनेहरुले कांग्रेसको एजेण्डा बोकेर हिडेको चर्चा गर्दै भने, “कहिलेसम्म अरुको एजेण्डा बोकेर हिड्ने ? नेपालमा वामहरुले, कांग्रेसको एजेण्डा किन बोकेर हिड्ने ?, वामहरुको आफ्नै एजेण्डा भनेको संघीय जनगणतन्त्र हो, यही एजेण्डाको दिशामा सबै बामहरु एक भएर अगाडि बढौँन ।” एजेण्डामा सहमत हुने हो भने वाम शक्तिहरुबीच कार्यगत एकता, संयुक्त मोर्चा हुँदै वृहत् कम्युनिस्ट एकता पनि सम्भव हुने पनि स्पष्ट पारे ।उक्त कार्यक्रममा सबै नेताहरूले अब बिश्वमा अशान्तिको हावा चलिरहेकाे वेला हामी नेपालका सच्चा क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध हुने पर्ने मा जाेड दियका थिय। सबै पार्टीहरु मिलेर नेपालमा समाजवादी ब्यवस्था ल्याउनु पर्ने सबै नेताहरुकाे जाेड थियाे ।

कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोख्रेल, सञ्चालक बलराम बास्कोटा, स्वागत चिरञ्जीवी सी र धन्यवाद व्यक्त भैरब रेग्मीले दिरेका थिए । हेमराज आश्रम (रक्तिम परिवार) ले शिशिर चिर्ने बोलको गीत प्रस्तुत गरेका थिए । कार्यक्रम जमल स्थित राष्ट्रिय नाचघरको सभाहलमा सप्पन्न भयकाे थियाे ।