काठमाडौं : “शैलुङ अल्ट्रा रेस- २०२५” यहि आगामी जेठ ३१ गते शनिबार रामेछाप जिल्लामा आयाेजना हुने भयकाे छ ।“सुनापति सैंलुङ अल्ट्रा म्याराथन दाैड” समितिको आयाेजना र “एथलेटिक्स परिवार नेपाल”काे समन्वय एवं प्राविधिक सहयाेगमा संचालन हुने शैलुङ अल्ट्रा रेश -२०२५ मा महिला तथा पुरुष खुल्ला ५५ कि.मि.दाैड र ५ किलाेमिटर दाैड संचालन हुनेछ । उक्त दाैड प्रतियोगितामा सुनापति वडा नम्बर ३ साँदि डाँडाबाट सुरु भई सुनापति डाँडा, लहरे पाने,भागे डाँडा, खाँडादेवि मन्दिर गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दाेरम्बा बजार, सहिद पार्क, डाँडा कटेरी,घले डाँडा,दाेरम्बा शैलुङ वडा नम्बर १ शैलुङमा सम्पन्न हुने छ।
प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख, द्धितिय हुनेलाइ रु ५० हजार, तृतीय हुनेलाई रु २५ हजार चाैथा र पाँचौ हुनेलाई क्रमशः रु १०,हजार र ५ हजार छैठौं देखि दशाैं स्थान सम्मका खेलाडीलाई रु १ हजारका दरले नगत पुरस्कारका साथै पदक,टृपि र प्रमाणपत्र प्रदान गरिने बताएको छ ।
प्रतियोगिताको संयोजक एवम् व्यवस्थापन काे जिम्मेवारी सुनापति शैलुङ अल्ट्रा म्याराथन दाैड समितिका अध्यक्ष लालबहादुर मगर र एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलाई दिएकाे छ । राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयाेग रहेकाे उक्त प्रतियोगितामा सुनापति गाउपालिका, खाडादेवि गाउपालिका, दाेरम्बा शैलुङ गाउपालिका लगानीका तिनै वटा पालिकाका खेलकुद बिकास समिति र रामेछाप जिल्ला खेलकुद बिकास समिति लगायतका निकायहरूले प्रतियाेगिता संचालनमा सहयोग गर्ने भयका छन ।प्रतियोगितामा बिभागिय टिमका खेलाडी लगायत विभिन्न निकाय र बिदेशी खेलाडीहरु सहित करिब १५० जना खेलाडीको सहभागी रहने र प्रतियोगिता काे अनुमानि लागत खर्च उन्नाइस लाख रहने बताईयकाे छ । प्रतियोगितामा भागलिने खेलाडीलाई जेठ ३० गते शुक्रबार बिहान ९ बजे दशरथ रंगशाला बाट प्रस्थान गर्ने गरि खाना र बास तथा खेलमैदान सम्म पुग्न का लागि बसकाे साथै सहभागी सम्पुर्ण खेलाडीहरुलाई टि सर्ट काे पनि ब्यवस्थापन गरियकाे खेल प्रतियोगिता आयाेजक टिमले आज पत्रकार सम्मेलन मार्फत जानकारी दियका छन ।