जाजरकोट :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको “भ्रष्ट दलाल पुँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान” जाजरकोटमा पनि तीव्र गतिमा अगाडि बढाइएको छ ।
पार्टीका इन्चार्ज महेशको नेतृत्वमा सातवटै स्थानीय तह र सबै वडामा पुगेर जनसंगठित कार्यक्रमहरू सञ्चालन भइरहेको हाे।
भेरी नगरपालिकाबाट बैशाख ८ गते सुरू गरिएको अभियान नलगाड, बारेकोट, कुशे, जुनीचाँदे, छेडागाड हुँदै शिवालयसम्म विस्तार गरिएको थियाे। अभियानमा जनतासँग प्रत्यक्ष संवाद, गुनासो संकलन र समस्या पहिचानका कार्यहरू भइरहेको पार्टी का जिल्ला सेक्रेटरी हिमालले बताय।
अभियानको क्रममा स्थानीय तहका कतिपय विकास योजनामा देखिएको गुणस्तरहीनता र आर्थिक चलखेलसम्बन्धी प्रमाणहरू संकलन गरिएको पार्टीको दाबी छ। सडक, ट्रस्ट पुल, विद्युत् विस्तार, विद्यालय भवन निर्माणलगायत योजनाहरूमा प्राविधिक र ठेकेदारबीच मिलेमतो भएको गुनासो आएका छन्।त्यस्तै, कृषकलाई आत्मनिर्भर बनाउने नाममा सञ्चालित किवी, दाते ओखर, आलु बीउ खरिदजस्ता कार्यक्रममा समेत ठूलो बेइमानी भएको उजुरीहरू आएका छन्।
पार्टीले स्थानीय तहमा बजेट बाँडफाँडमा हुने कमिसनको चलन अझै अन्त्य नभएको उल्लेख गरेको छ। “कागजमै योजना बनाउने, बजेट पास गर्न दलाली गर्ने र उपभोक्ता समितिमार्फत रकम निल्ने प्रवृत्ति मौलाउँदै गएको छ,” अभियानमा सहभागी एक नेताले तुफान न्युजलाई जानकारी दिय।
यी सबै समस्याका सन्दर्भमा पार्टीको जिल्ला बैठकले अब जनएकता, जनदबाब र जनसंघर्षसहित आवश्यकता अनुसार ‘जनकारबाही’को नीति लिने निर्णयमा पुग्ने संकेत दिएको छ। “अनियमितता देखिएको स्थानमा पार्टी प्रत्यक्ष हस्तक्षेप गर्न तयार छ,” जिल्ला सेक्रेटरी हिमालले बताए।
पार्टीले वर्तमान सरकारमाथि पनि तीव्र आलोचना गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिने, अनुसन्धान प्रभावित पार्ने, र भ्रष्ट गुटहरूको पक्षमा निर्णय लिने प्रवृत्तिलाई मुख्य चिन्ता बताएकाे छ। “यो सत्ता जनताको होइन, मुठ्ठीभर साम्राज्यवादी गाेठीहरूको नियन्त्रणमा चलेको देखिन्छ ।”
देश गम्भीर आर्थिक सङ्कटको चपेटामा पर्दै गर्दा वर्तमान सरकार भ्रष्ट अभ्यास र गैरजिम्मेवार अभिव्यक्तिहरूमा सीमित छ। अनुसन्धानलाई प्रभावित पार्ने, मुठ्ठीभर साम्राज्यवादी गुटको पक्षपोषण गर्ने तथा सत्ता कब्जा गरेर ठग प्रवृत्तिलाई संस्थागत गर्ने प्रवृत्तिहरू दिनदिनै स्पष्ट हुँदै गएका छन्।
वास्तविक जनप्रतिनिधि नभएका, सामन्ती-पूँजीवादी गठजोडका भरमा सञ्चालित यो सत्ता प्रणाली सर्वहारा जनताको हितविरुद्ध खडा भएको उक्ति पार्टीको को ठहर छ। झुटा मुद्दा लगाउने, दमन बढाउने, अग्रगामी आन्दोलनहरूलाई दबाउने कार्यमा सरकार उद्दत देखिँदा क्रान्तिकारी शक्तिहरू थप संगठित र प्रतिरोधमा उत्रिन बाध्य भएका छन्।