जाजरकोट : जाजरकोटकाे नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये एकको शव फेला परेको छ । भेरी नदीले बगाएर बेपत्ता भएकी अन्दाजी १२ बर्षिय भगवती नेपालीको शव फेला परेको हो ।
उक्त घटना नलगाड नगरपालिका–८ मनमै र आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) जोड्ने भेरी पुल नजिकैबाट दुई बालिका र एक बालक नदीमा बेपत्ता भएका थिए ।
रेडियो नयाँ नेपाल रुकुम पश्चिमका पत्रकार प्रेम कुसारीका अनुसार, तीनै जना बालबालिकाहरु पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर वेपत्ता भएका थिए ।
बेपत्तामध्ये सुरेन्द्र कुसारीका छाेरा महेश कुसारी र छोरी आशा कुसारी वेपत्ता रहेका छन् । स्थानीयबासी, प्रहरी, नगरप्रहरीले खोजी कार्य तिब्र बनाएका छन् । उनीहरू नलगाड नगरपालिका ८ का स्थानीय हुन् ।