काठमाडौं । माओवादी केन्द्र तारकेश्वर नगर कमिटिको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । पूर्व गृहमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट अध्यक्षमा जग्गनाथ राजबाहक, उपाध्यक्षमा राजन विडारी, बालकुमारी वाग्ले, गुमान सिंह केसी, सचिवमा रामसुदन फुयाँल, सहसचिवमा प्रकाश महर्जन र कोषाध्यक्षमा गायक कुमार डंगोलसहित ४१ सदस्यीय नगर कमिटि गठन गरेको छ ।
नगर अधिवेशनमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हिमाल शर्मा, सांसद् तथा केन्द्रीय सदस्य राजन दाहाल, केन्द्रीय शिक्षा विभागका सदस्य शिवबहादुर भण्डारी, पार्टी केन्द्रका सल्लाहकार तथा प्रमुख निर्वाचन अधिकृत धनलाल महर्जन लगायतका नेताहरूको सहभागिता रहेको थियो ।