६ बैशाख २०८२, शनिबार

जलवायु परिवर्तन अनुकुलन सम्बन्धि ८ वटा पालिकाकाे संयुक्त तालिम संचालन

जाजरकोट :नलगाड नगरपालिकाको दल्ली जाजरकोटमा जलवायु परिवर्तन अनुकुलन सम्बन्धी आठ वटा पालिकाकाे संयुक्त ६ दिने तालिमको संचालन भयकाे छ।शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त तालिमको शुभारम्भ गरिएको हो ।नलगाड र भेरी नगरपालिका जाजरकोट  सहित रुकुमपश्चिम, डोल्पा जिल्ला ८ वटा स्थानीय तहहरुको आयोजनामा उक्त तालिमको सुरुवात गरिएको हो ।

सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना  ले उक्त तालिमको सहजीकरण गरेको छ ।जलवायु परिवर्तन अनुकुलन, विपद जोखिम न्युनिकरण, बायो–ईन्जिनियरिङ र मुलाधार÷जलाधार व्यवस्थापनका बिषयमा ६ दिनसम्म तालिम संचालन गरिने सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना नलगाड संयोजक चन्द्र बहादुर पुनले जानकारी दिएका छन् । तालिममा नगर तथा गाउँपालिकामा कार्यरत प्राविधिक, सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना मा कार्यरत कर्मचारीहरु सहभागी रहेका छन् ।

जलवायु परिवर्तन अनुकुलन, विपद जोखिम न्युनिकरण, बायो–ईन्जिनियरिङ र मुलाधार -जलाधार व्यवस्थापनका बिषयमा ६ दिनसम्म तालिम संचालन गरिने सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना नलगाड संयोजक चन्द्र बहादुर पुनले जानकारी दिएका छन् । तालिममा नगर तथा गाउँपालिकामा कार्यरत प्राविधिक, सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना मा कार्यरत कर्मचारीहरु सहभागी रहेका छन् ।

तालिमले जलवायु परिवर्तन अनुकुलन, विपद जोखिम न्युनिकरण, बायो–ईन्जिनियरिङ र मुलाधार÷जलाधार व्यवस्थापनका विषयमा स्थानीय तहलाइ आबश्यक पर्ने जनशक्ति उत्पादन गर्न मद्दत गर्ने रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवी केसीले भनाइ राखेका थिए । आजका गाउँ तथा नगरपालिकाले पाइप वितरण नगरेको कुनै घर नभएको बताउदै प्रमुख केसीले मलाइ पाइप पुग्यो, अब मलाइ पाइप चाहिदैन भन्ने नागरिक गाउँमा कोही पनि नभेटिने भनाइ राखेका थिए । खानेपानी आयोजनालाइ गाउँ तथा नगरपालिकाहरुले व्यवस्थित गर्न नसक्दा यस्तो समस्या आएको बताउदै नगर प्रमुख केसीले खानेपानी आयोजनाहरुलाइ व्यवस्थित गर्न गाउँ तथा नगरपालिकाहरुलाइ सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाले सहयोग गर्नेमा विश्वास व्यक्त गरेका थिए ।गत बर्षको भुकम्पले क्षेतीग्रष्त नलगाड नगरपालिकामा आयोजित ६ दिने तालिमको प्रयोगात्मक शिक्षाले भुकम्पको पुनर्निमार्णमा सहयोग पुग्ने नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतले भनाइ राखेका थिए । सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना अन्तरगतका तीनै तहका सरकारको परियोजना भएको बताउदै नगर प्रमुख रावतले आयोजनालाई सफल बनाउन नगरपालिका संगसंगै रहेर काम गर्ने भनाइ राखेका थिए ।

तालिमको पहिलो दिनको पहिलो शेषनमा “हाम्रो पृथ्वी र हाम्रो वातावरण, जलवायु परिवर्तन र दिगो विकास सम्बन्धी राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय प्रयासहरु, दिगो विकास लक्ष्य, राष्ट्रीय जलवायु परिवर्तन नीति–२०७६,राष्ट्रिय अनुकुलन आयोजना र स्थानीय अनुकुलन खाका–लापाका विषयहरुमा आफुले प्रशिक्षण दिने” प्रमुख प्रशिक्षक श्रेष्ठले जानकारी दिएका थिए ।तालिम आगामी चैत २७ गते सम्मा संचालनमा रहने दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना नलगाड संयोजक चन्द्र बहादुर पुनले जानकारी दिएका छन् ।