जापान / जापानको नागोया साङग्यो विश्वविद्यालयमा जलवायु परिवर्तन तथा वातावरण व्यवस्थापनमा विद्यावारिधि गरिरहेका विद्यार्थी संजोग पौडेल , भानुभक्त पुरी , पूजा अधिकारीले विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कायर्क्रम सञ्चालन गरेका थिय।
जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (एडिपोर्ट जापान) अन्तर्गत नागोया साङग्यो विश्विविद्यालय र पोखरास्थित, पश्चिमाञ्चल माध्यमिक विद्यालयसँग वातावरणीय शिक्षामा पारस्परिक सहयोग सम्बन्धी समझदारी पत्र (MOU) पूर्व विद्यार्थी संजोग पौडेलको समन्वयमा डिसेम्बर २०२३ मा हस्ताक्षर भएपछि, भानुभक्त पुरीको समन्वयमा नागोया सांग्यो विश्वविद्यालय , रुपन्देहीको शङ्करनगर दुर्गादत्त माध्यमिक विद्यालय तथा तिलोत्तमा नगरपालिकाको बिच डिसेम्बर २०२४ मा सम्झौता हस्ताक्षर भयको थियो र नेपाल मै पहिलो पटक लुिम्बनीमा शङ्करनगर दुर्गादत्त माध्यामिक विद्यालयमा शून्य कार्बन स्कूलको अवधारणा कार्यान्वयन भयको थियो र अनुसन्धानकर्ता पूजा अधिकारीको समन्वयमा बर्दियाको श्री जनता माध्यामिक विद्यालयमा कार्यक्रम गरियको थियो ।
यस कार्यक्रम गण्डकी, बागमती र लुिम्बनी प्रदेशका पाँच जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियामा सञ्चालन गरिएको थियो। गण्डकी प्रदेशमा पश्चिमाञ्चल माध्यमिक विद्यालय, अमरसिंह मावि, गण्डकी बोर्डिङ स्कुल, बागमतीमा एसओएस हेर्मन माइनर माध्यामिक विद्यालय सानोठिमी, युनाइटेड एकेडमी र लुिम्बनीमा दुर्गादत्त माध्यामिक विद्यालय र श्री जनता माध्यामिक विद्यालयमा यो कार्यक्रम लागू भएको थियो।
यस परियोजनाले पूर्व एसिया (जापान, ताइवान) र दक्षिणपूर्वी एसिया (इन्डोनेसिया, भियतनाम) मा हामीले काम गरिरहेको वातावरणीय साक्षरता तालिमलाई दक्षिण एसिया (नेपाल) सम्म विस्तार गर्ने लक्ष्य राखेको छ। नेपालमा वातावरणीय अध्ययनमा १,४०३ बालबालिकाले भाग लिए, जुन (प्रत्येक वर्ष ४०० विद्यार्थी) भन्दा बढी थियो।
यस परियोजनामा, नेपाली विद्यार्थीहरूको वातावरणीय साक्षरताको मूल्याङ्कन र जापानी ,ताइवानी ,भियतनामी इन्डोनेसियाली विद्यार्थीहरूको वातावरणीय साक्षरतासँग तुलना गरेको थियौ ।हामी स्थानीय क्षेत्रहरूमा कार्बन डाइअक्साइड एकाग्रता सर्वेक्षणको थप अध्ययनको रूपमा विद्यालय जीवनमा कार्बन तटस्थताको अन्वेषण गर्ने ”शून्य कार्बन स्कूल” का गतिविधिहरूलाई समर्थन गर्न काम गरिरहेका छौं।
भविष्यमा, हामी “शून्य कार्बन स्कूल” परियोजना लाई आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बनाउने उद्देश्यका साथ स्थानीय गतिविधिहरूको आत्मनिर्भरतालाई प्रोत्साहित गर्ने योजनामा छौं ।
विश्वव्यापी तापक्रम वृद्धिसँग जुध्ने आफ्नो प्रयासको एक भागको रूपमा, वातावरण मन्त्रालयले उत्कृष्ट उपलब्धि हासिल गर्ने व्यक्ति र संस्थाहरूलाई सम्मान गर्न विश्वव्यापी तापक्रम वृद्धि प्रतिरोधात्मक उपायहरूको लागि वातावरण मन्त्री पुरस्कारले नेपाली विद्यार्थी संजोग पौडेल , भानुभक्त पुरी , पूजा अधिकारीलाई सम्मान गरेको छ।