१९ चैत्र २०८१, मंगलवार

ट्याक्टरले ठक्कर दिए पछि जाजरकोटकाे पाँचकटियामा एक युवकको मृत्युु

जाजरकोट : ट्याक्टरको ठक्करबाट जाजरकोटमा एक युवाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका–५ दम्दालाबाट पाँचकाटिया तर्फ आउदै गरेको एसके निर्माण सेवाको रा. १ त. ४४७१ नम्बरको ट्याक्टरले ठक्कर दिदा युवाको मृत्यु भएको हो ।

सरिया लोड गरेर पाँचकाटिया आउदै गरेको ट्याक्टरले ठक्कर दिएपछि भेरी नगरपालिका–२ तिमिले निबासी अन्दाजी १५/१६ बर्षिय सन्तोष सिंहको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोटले दिएको जानकारी अनुसार मृतक सन्तोष तिमिले निबासी लक्ष्मण सिंहका छोरा हुन् ।

शुक्रबार बेलुका ६ बजेतिर उक्त घटना घटेको जिप्रका जाजरकोटले बताएको छ । घटना घट्ने वित्तिकै पाँचकाटिया प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक यम बहादुर गुरुङको नेतृत्वमा ५ जना प्रहरी टोली घटना स्थलमा पुगेको जिप्रका जाजरकोटले जानकारी दिएको छ । पाँचकाटियाबाट १ घण्टा पश्चिममा पर्ने स्थानमा भएको घटना पश्चात ट्याक्टर चालक फरार रहेको जिप्रकाले बताएको छ । चालकको खोजीकार्य जारी रहेको बताइएको छ ।

घटनाको थप अनुसन्धान गर्न जिप्रका जाजरकोटबाट प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा ११ जनाको प्रहरी टोलीलाइ घटना स्थल तर्फ खटाइएको जिप्रका जाजरकोटले जनाएको छ । उक्त घटना स्थल जिप्रका. जाजरकोटदेखि अन्दाजी ३६ किलोमिटर उत्तरमा रहेको जिप्रका, जाजरकोटले जनाएको छ ।