६ चैत्र २०८१, बुधबार

मोहना नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु

काठमाडौं । कैलालीमा नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ।

 

धनगढी नगरपालिका-१९ फुलबारी गाउँस्थित मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय १६ वर्षीय दिनेश ओझा र १५ वर्षीय आशिष ओझा छन्।

 

कैलालीका डिएसपी कविन्द्र बोहराका अनुसार शुक्रबार दिउँसो तीन बजे नुहाउन भनेर आशिष र दिनेश चारजना साथीहरूसँगै गएका थिए।

 

१६ वर्षीय करणसिंह धामी, १५ वर्षीय आदर्श पुजाराले उनीहरू डुबेको खबर गरेपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए।

 

खोजी गर्दा साँझ ५ बजेर ५ मिनेटमा दिनेश ओझा र ५:२५ बजे आशिलाई नदीबाट मृत अवस्थामा निकालिएको डिएसपी बोहराले बताए।

 

शव पोस्टमर्टमपछि परिवारको जिम्मा लगाइने उनले बताए।घटनाबारे थप अनुसन्धान  भइरहेको पनि उनले बताए।