काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह “समरजंग”ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा शुभकामना ब्यक्त गरेका छन्।
आज ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काे सन्दर्भमा एक प्रेस वक्तब्य मार्फत शुभकामना ब्यक्त गरेका हुन । महासचिव समरजंङगद्वारा हस्ताक्षरित जारी वक्तव्यमा भनिएकाे छ – “जनउत्तरदायी समाजवादी कम्युनिस्ट पार्टी नेपाल -नेपाल लगायत संसार भर न्यायका लागि लडिरहेका सामन्तवाद,नव ओैपनिवेसिक पुजीवाद दलाल संसदीय ब्यवस्थाबाट उत्पिडित सम्पुर्ण श्रमिक महिलाहरूलाई हार्दिक शुभकामना सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं । सबैखाले शाेषण,दमन,उत्पिडनका विरुद्ध वैज्ञानिक समाजवाद – साम्यवाद स्थापनाका लागि निरन्तर वर्गसंघर्षमा लामबद्ध भईरहन र वैज्ञानिक समाजवादी जनक्रान्तीकाे बाटाेमा अग्रसर हुन हार्दिक आह्वान गर्दछाै ।
समाजका श्रमिक -उत्पिडित वर्ग र विशेषत: दाेहाराे शाेषणमा रहेका महिला माथिकाे साम्राज्यवादी / नवओैपनिवेसिक पुजीवादी र अवशेषका रुपमा रहेको सामन्तवादि शाेषणकाे जालाे रुप परिवर्तन गर्दै झनझन बढिरहेको छ र निरन्तर निर्णायक क्रान्ति विना महिला लगायत कुने पनि उत्पिडित बर्ग, समुदाय र राष्ट्र काे मुक्ति सम्भव छैन । सन १९०८मा न्युयोर्कका श्रमिक महिलाहरुले महिला मुक्तिका लागी आरम्भ गरेकाे र कम्युनिस्ट नेत्रि क्लारा जेटकिनले प्रस्ताव गरि अघि बढायकाे महिला संगठित श्रमिक महिला बिद्रोहकाे गाैरवशाली ईतिहास त्यसको सन्देश पनि निरन्तर क्रान्ति र वर्ग संघर्षकै श्रमिक महिलाहरुले संघर्षमा एकाकार भयर लाग्नुमा छ ।
नेपालका क्रान्तिकारी मालेमावादि महिलाहरुले महान जनयुद्ध लगायत संघर्ष र विद्रोहहरुमा २५०० भन्दा बढिकाे संख्यामा बलिदान गरेर लाखौं महिलाहरुले जेल नेल यातना सहेर उत्पिडित महिलहरु संघर्षमा अग्रपंक्तिमा छन भन्ने प्रमाणित गरिसकेको छन। शाेषण, दमन र ब्यभिचारिका सम्पुर्ण साँङ्ला चुडाल्न सम्पुर्ण उत्पिडित श्रमिक महिलाहरु एक हुनु र क्रान्तिकाे बाटाेमा अग्रसर हुनु नै अन्तरास्ट्रिय श्रमिक महिला दिवसको सन्देश हाे ।
यश ऐतिहासिक दिनमा हामी पुनः संसारका सम्पूर्ण श्रमजीवी महिलाहरूलाई याे दिवसले मुक्ति अभियानमा अझै क्रियाशीलताका साथ लामबद्ध हुने र सबै किसिमका भड्काव र विसंगतिका विरुद्ध एकजुट हुने प्रेरणा प्राप्त हुने अपेक्षा गर्दै शुभकामना ब्यक्त गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित !
प्रेस वक्तव्य यस्तो छ :-