२८ फाल्गुन २०८१, बुधबार

समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग)सहिद परिवारलाई भेटघाट तथा संगठन निर्माणमा ब्यस्त

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग) सहिद सप्ताहकाे अवसरमा सहिदका परिवारलाई अभिनन्दन ,सम्मान तथा संगठन निर्माणमा तिब्रता दिईरहेका छन । समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह “समरजंग” सहिद सप्ताहकाे अवसरमा लुम्बिनी र गण्डकीका विभिन्न जिल्लाहरुमा पुगेर जनयुद्ध,जनआन्दोलन, एकीकृत जनक्रान्ति र विभिन्न आन्दोलनमा विरगति प्राप्त गर्ने सहिदहरुका आफन्तलाई भेटेर अभिनन्दन तथा सम्मान ब्यक्त गरेका छन । साथमा स्थायी कमिटी सदस्य विनाेद थापा “अवशेष ” “पाेलिटब्युराे सदस्य मुक्ति राम गैरे “दिग्दर्शन”,केन्द्रीय सदस्य अर्जुन वलि “टाइगर” लगायतको टाेलि सहिद सप्ताहको अवसरमा लुम्बिनी र गण्डकीका बिभिन्न जिल्लाहरुमा संगठन निर्माण र सहिद परिवार भेटघाट तथा अभिनन्दन कार्यक्रममा तिब्र रुपमा लागिपरेका छन्।

गत माघ १६-१९ गते सम्म लुम्बिनी प्रदेशको रुपन्देहीमा सम्पन्न पार्टीको विशेष राष्ट्रिय सम्मेलनबाट ´श्रमिक कम्युनिस्ट पार्टी नेपाल` नाम परिवर्तन गरि ´समाजवादी कम्युनिस्ट पार्टी नेपाल` नाम राखेका थिय ।जनयुद्धमा नेतृत्वदायी भुमिकामा रहेका  माओवादी घटकका विभिन्न पार्टीका नेताहरुले नै आज जनयुद्धलाई  हिंसा र अपराध काे संज्ञा दिएकाेमा खेत प्रकट गर्दै समाजवादी कम्युनिस्ट पार्टीले अब बिगत जनयुद्ध, जनआन्दोलन र एकीकृत जनक्रान्तिमा उठाइएका एजेन्डाहरु र सहिदहरुका सपना पूरा गर्ने संकल्प र प्रतिबद्धता रहेकाे पार्टीका महासचिव सिंहले बताए ।

देशका ४५ जिल्लामा आफ्नाे संगठन बलियाे रहेकाे र बाँँकी जिल्लाहरु पनि अब अभियानात्मक रुपमा पार्टी र जन बर्गिय संगठनलाई बिस्तार गरिने पार्टी स्थायी कमिटी सदस्य नेता अवशेषले बताए । अबकाे जनउत्तरदायी र जनमुखि पार्टी नै समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेकाे समेत नेता अवशेषले दावि गरेका छन ।

पार्टीको कास्की जिल्लाको भेला सम्पन्न भयकाे र तनहुँ,स्याङ्जा र पाल्पामा पनि जिल्ला कमिटी निर्माण गरियकाे र उक्त जिल्लामा रहेका सहिद परिवारलाई भेटघाट, अभिनन्दन र सम्मान गरियकाे थियाे । जनयुद्ध देखि अहिले सम्म पार्टी बिभाजन भयकाे सहिद परिवारले गुनासो गरेका छन्- पाल्पा जिल्ला तिनाउँ गाउपालिका दाेभान निवासी जनयुद्धका क्रममा सहिद भयकी जनकलाकार चुनु गुरुङ कि आमा मधुमाया गुरुङले  अहिले सम्म कुनै पार्टीले पनि सम्मान गरेकाे छैन” “अब समाजवादी कम्युनिस्ट पार्टीले नै हाम्रा नानि बाबुहरुकाे सपना साकार पार्ने मार्गचित्र निर्माण गराेस् याे पार्टी नै हाम्राे आस्थाको ढुकढुकि बनाेस,  हाम्रो पनि शुभकामना छ” । सहिद परिवारको पार्टीलाई सुझाव थियाे ।