२८ फाल्गुन २०८१, बुधबार

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-१३ प्रगति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

  जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।