११ फाल्गुन २०८१, आईतवार

शान्दार मःममा भएको ग्यास विष्फोटमा घाइते भएका दुईजनाको मृत्यु

काठमाडौं। काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मःम मा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका दुईजनाको मृत्यु भएको छ।

 

घाइतेमध्ये रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।

 

गत माघ २४ गते ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका थिए । अन्य घाइते भने खतरामुक्त रहेका बताइएको छ ।