नेपालगन्ज : बाके जिल्लाको नेपालगन्जमा एक जना युवाको करेन्ट लागेर मृत्यु भयकाे छ ।
नेपालगंज उप-महानगरपालिका – १८ मा आईतवार अपरान्ह ४ :३० बजे तिर बर्दिया जिल्ला गुलरिया नगरपालिका -७ का १९ वर्षिय राज राठाेरकाे मृत्यु भयकाे हाे ।
ना ५ ख १४१४ नम्बरको गाडी मर्मत गर्ने क्रममा गाडिको छतमा चढ्ने क्रममा नजिकैको तारले छुयपछि उनलाई करेन्ट लागेकाे हाे । करेन्ट लागे पछि निज राठाेर भुईमा झरे लगतै उनकाे मृत्यु भयकाे प्रहरीले जनायकाे छ ।