१९ माघ २०८१, शनिबार

बिरामी बोकेर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं। बिरामी बोकेको गाडी ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  

 

मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले जानकारी दिए।

 

ना १ ज ६४२१ नम्बरको गाडी खोला किनार खसेको हो।

 

गाडी खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको थियो।