५ माघ २०८१, शनिबार

प्रहरीले सुमन सायमि लगायतलाई गौशालाबाट लियो नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गौशाला क्षेत्रबाट सुमन सामयिसहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिकाले शुक्रबार दिउँसो गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको थियो। डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सडक विस्तारका क्रममा बिचल्लीमा परेकाहरूको आवाज लामो समयदेखि सायमिले उठान गर्दै आएका छन्।

प्रहरीले गौशाला क्षेत्रका पाँच-सात वटा घरमा डोजर चलाएको छ।महानगरले चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर लगाएको हो।

अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन जेठ ६ गते सूचना जारी गरे पनि खाली नगरेपछि महानगरले डोजर चलाएको छ।डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल पनि भएको थियो।