५ माघ २०८१, शनिबार

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तहरुको भरिभराउ : सयौं श्रद्धालुले गरे शिलालेखमा आफ्नो नाम दर्ज पाँचौ दिनमा २५ लाख बढी संकलन

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा कथा वाचनको पाँचौ दिन पुग्दा भक्त दर्शक र श्रोताको उल्लेख्य उपस्थिती देखिएको छ । स्थानीय चलनचल्तीको हिन्दी भाषामा भागवत कथा वाचनको प्रवचन सुन्न नेपालगन्जका स्थानीयबासीको आजको महायज्ञमा ठुलो संख्यामा सहभागीता रहेको थियो ।

आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउन भन्दै २०० बढीले ११ हजार बढीको दान गरे भने यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ ।

कथा वाचनको पाँचौे दिन २५ लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितले जानकारी दिएको छ । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रवणगर्न आजपनि महायज्ञमा नेपालगन्जका स्थानीय बैश्य, मारवाडी र मधेशका स्थानीयबासीको उल्लेख्य उपस्थिती रहेको थियो वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको पाँचौदिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए ।

आर्थिक समितिले दिएको जानकारी अनुसार कथा प्रवचनका बीच नेपालगन्जका प्रतिस्थित पर्यटन व्यवसायी लोकेन्द्र अर्यालबाट यसअघि बोलेको रदान रकममा थप गरेर दान रकम १० लाख ११ हजार ५५५ रुपैयाँ पुर्याए । आजै नेपालगन्ज २ की पद्मादेवी रिजालबाट १ लाख ११ हजार १११ रुपैयाँ, पदमबहादुर घर्तीमगरबाट १ लाख १ हजार १११ रुपैयाँ प्रदान भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार पूर्व प्रहरी संगठनको तर्फबाट ६५ हजार २०५, नेपालगन्ज २ की अनिता पौडेलबाट ५५ हजार ५५५, शिला श्रेष्ठबाट ५५ हजार ५५५, राँझा निवासी डिल्लीराज रेग्मीबाट ५१ हजार १२०, मारवाडी महिला मञ्चको तर्फबाट ३१ हजार, वागेश्री आमा समुहको तर्फबाट ३ हजार,वुद्धिसरादेवी चर्तीमगरबाट २५ हजार ५००, भारती जोशीबाट २५ हजार ५१५, डा.खिमानन्द जोशीबाट २५ हजार ५११, विमला गौतमबाट २५ हजार रुपैयाँ तथा डा. विश्वनाथ शर्माबाट २५ हजार ३३३ रुपैयाँ वैकुण्ठधाम निर्माणका लागि दान गरेका छन् । आध्यात्मिक महोत्सवकाबीच आज भएको तुलादानबाट २६ हजार संकलन भएको संयोजक श्रेष्ठले बताए । उनका अनुसार वैकुण्ठधाम सरकारी निकाय समन्वय समितिका संयोजक गेबिन्दप्रसाद पाण्डेकी आमा जुम्ला तातोपानी ४ की रक्षादेवी पाण्डे र नेपालगन्ज ९ बाँकेगाउँकी सासुआमा विद्यादेवी पंतको संयुक्त तुलादानबाट २६ हजार प्रदान भएको हो ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताए । महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ ।

धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए