११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे दाेश्राे पुर्ण बैंठक सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय महाधिवेशन आयाेजक कमिटीको दाेश्राे पुर्ण बैंठक सम्पन्न भयकाे छ ।

काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा मंगलबार (असोज १६) बाट सुरु भएको बैठक आज दिउसाे १२ बजे सकियकाे हाे।

बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले संगठन, संघर्ष, पार्टीको आगामी महाधिवेशन र तात्कालिक राजनीतिक कार्यनीतिको विषयमा केन्द्रित रहेर एजेण्डासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने बैठकमा अध्यक्ष किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि कार्यालय सदस्य, सचिवालय सदस्य र महाधिवेशन आयोजक समितिका सदस्यहरुले धारणा राखेका थिय। प्रतिवेदनमाथि नेताहरुले धारणा राखिसकेपछि अध्यक्ष किरणले स्पष्टीकरण र प्रस्तुत एजेण्डामाथि स्पष्टता गरेका थिय ।

बैंठकले आगामी जेठकाे अन्तिम सातामा महाधिवेशन गर्ने निर्णय गरेकाे छ।अध्यक्ष वैद्यले प्रस्तुत गरेकाे राजनैतिक प्रतिवेदनमा मा भनियकाे छ “देशभक्त , जनवादी , क्रान्तिकारी र वामपन्थी हरुलाई गाेलवन्द गर्ने, राष्ट्रिय राजनैतिक सम्मेलन गर्ने र क्रान्तिकारी जनवादी संयुक्त माेर्चा निर्माण गर्ने, अस्थायी संयुक्त सरकार गठन गरिने र जनसंबिधान निर्माण गरिने” तत्कालीन राजनैतिक कार्यनीति हुने दस्तावेजमा उल्लेख छ ।

संघर्ष र संगठन निर्माणकाे कामलाई तिब्रता दिदै जबस र माेर्चाका अधिवेशन पार्टीको महाधिवेशन पछि गर्ने गरि  संसदीय ब्यवस्थामा लतपत्तियकाहरुसंग कुनै किसिमको एकता नहुने प्रतिबद्धता सहित बैंठकमा उपस्थित सबैले एकमतले राजनैतिक प्रतिवेदन पास गरेका थिय ।