२३ भाद्र २०८१, आईतवार

मुगुमा जिप दुर्घटना , चार जनाकाे मृत्यु पाँच घाइते

सिमकाेट।मुगु जिल्लाको शोरु गाउँपालिकामा जिप दुर्घटना चारजनाकाे मृत्यु र ५ जना घाइते ।

२९ गते साँझ भएको बाेलेराे जिप दुर्घटनामा मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश वस्नेतले बताय।

‘चालक सहित ९ जना सवार उक्त जिप दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका जिल्लाका भएको सनाखत भएको छ, प्र.ना.उ. बस्नेतका अनुसार मृत्यु हुनेमा सर्केगाड २ रिपका राम परियार, सिमकोटका प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका अर्का राम परियार पिउस परियार भएको र घाईते हुनेमा चालक दिनेश लावड,गाेबिन्द शाहि,लाेक जंग नेपाली , सेरे राेकाय र उजिर बाेहरा रहेकाे शोरु प्रहरी चौकीले सनाखत पछि जानकारी गरेको छ ।’

जिपमा सवार हुम्लाका पाँच जनामध्ये चार जनाको घटना स्थलमै ज्यान गएको छ भने एक जना सख्त घाइते भएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताय । ‘हुम्लाका घाइते यात्रु उजिर बोहरा र अन्य मुगुका घाइतेलाई मुगु सदरमुकाम गमगढी लिइयकाे  छ । थप ठेगाना र जानकारी घाइते बोहरा सहितको टोली ल्याएपछि एकिन हुने  बताएको छ।

दुर्घटनामा परि चालक सहित मुगुका दुई यात्रु र हुम्लाका बोहरा सख्त घाइते भएका छन् । घाइते सबैको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि मुगु जिल्ला बाहिर लिनु पर्ने अवस्था रहेको शोरुकोट प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

सोरुकोट बाट मुगु जादै गरेको ग १ ज ७७,६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउमा दुर्घटना भएको हाे । जिल्ला सदरमुकाम तर्फ जादै गरेको  जिपमा चालक सहित ९ जना यात्रु रहेका थिए । पिज दुर्घटनाको कारणका बारेमा अहिलेसम्म केही खुलेको छैन् ।