२३ भाद्र २०८१, आईतवार

नेकपा जाजरकोट काे तेस्रो पुर्ण बैेठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिती जाजरकोटको ऐतिहासिक तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । पौष ५ र ६ गते जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा १ को सहिद पार्कमा  सम्पन्न भएको हो ।

बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, जाजरकोटी कम्युनिस्ट आन्दोलन, एकीकृत जनक्रान्तिको कार्यदिशाकाे  सम्भावना, संगठनिक, संघर्ष, आर्थिक, सास्कृतिक, प्रकाशन र उत्पादन लगाएतका बिषयमा महत्त्वपूर्ण निर्णय गरेको नेकपा जिल्ला सेक्रेटरी बिराजन सीले जानकारी दिएका छन् । बैठक पछि प्रेस विज्ञप्ति निकाल्दै नेकपाले बैठकमा गरेका निर्णय बारे खुलासा गरेको छ ।

पार्टीको बिचार, निति तथा कार्यक्रम सम्प्रेषणका लागी शिवालय गाउँ पालिकाबाट २०७९ पुस २० गते देखी जनजागरण अभियान संचालन गर्ने, जाजरकोट जिल्ला भित्र रहेका बिकृती, बिसंगति जस्तैः कालोबजारी, महङ्गी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, सामाजिक विभेद, महिला हिंसा, जाडरक्सी, जुवातास, लागू औषध दुर्वयसनीका विरुद्ध संघर्ष संचालन गर्ने, मध्यपहाडी लोक मार्ग सडक निर्माणमा भएको गुणस्तर हिन कार्य, खलंगा देखि डोल्पा जोडिने सडकमा भएको ढिलासुस्ती, खलंगा देखि पाचकाटिया जोडिने सडकमा भएको ढिलासुस्ती लगाएत अन्य जिल्लामा विभिन्न बिकास योजनाका क्षेत्रमा भएको ढिलासुस्ती र अनियमितताका विरुद्ध संघर्ष सन्चालन गर्ने लगायतका निर्णय गरेको नेकपाले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

जिल्ला सेक्रेटरी कमरेड बिराजन सी को अध्यक्षयतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य शन्ताेस बुढा मगर ( कमरेड विषम सी,) पार्टी केन्द्रिय सदस्य कमरेड पौरख सी, पार्टी केन्द्रिय प्रतिनिधि सदस्य कमरेड सुर्य किरण सी युवा संगठन नेपाल का केन्द्रीय सदस्य गाेबिन्द सि  लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । बैठक पछि सम्पुर्ण सहभागीहरु  सहिद पार्क सरसफाइमा जुटेर आगामी कार्यक्रम मा लाग्ने सेक्रेटरी बिराजन सि ले जानकारी दिएका छन  ।

बिज्ञप्ति हेर्नुहाेस :