११ श्रावण २०८१, शनिबार

शैक्षिक सुधारका लागि प्रमुख प्रशासकीय अधिकृत गिरीको १५ बुद्दे सुझाव ।

१४ मंसिर, जाजरकोट । विद्यालय निरीक्षण र अनुगमन पछि नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नगरपालिका भित्रका शैक्षिक संस्थालाई १५ बुद्दे सुझाव दिएका छन । सरकारी विद्यालयमा शैक्षिक सुधारमा सरकारले गरेको लगानी अनुसार अवस्था सुधार गर्ने विषय नगरपालिकाको केन्द्रबिन्दुमा रहेको उनले बताएका छन ।

नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्ने विषय केन्द्रविन्दुमा परेको र यदि मानव विकासको लागि वनेका विद्यालयहरूवाट अपेक्षित नतिजा हासिल हुन सकेन भने आफुहरु अझै धेरै पछाडि पर्ने निश्चित भएको समेत प्रमुख प्रशासकीय अधिकृत गिरीले औल्याएका छन । अब विद्यालयहरू हरेक व्यक्तिको पहिलो प्राथमिकतामा पर्नु जरूरी रहेको र विशेषगरी विद्यालयका मुख्य actors भनेका प्रअ र शिक्षक भएको र ७० प्रतिशत भन्दा वढी भूमिका शिक्षकसँग नै जोडिने उनको ठम्याइँछ ।

अनुगमनका क्रममा नगर प्रमुख का साथमा 

जिल्लाका मन्त्री, माननीय देखि सवै महत्वपूर्ण व्यक्तिको मध्यनजर विद्यालयका कक्षाकोठा हुनु पर्ने भन्दै तिनै कक्षाकोठावाट उत्पादित जनशक्ति राज्य निर्माणका मुख्य आधार हुने पनि उनले बताएका छन । यी कक्षाकोठाहरू व्यवस्थित वनाउन मुख्य लक्ष्य राख्न सकिएन भने अन्य विकासको दिगोपना कमजोर हुने मात्र नभई धराशायी हुने उनको भनाइ छ ।

उनले भनेका छन्, “हामी सुझाव दिदै गएका छौं, कार्यान्वयन गरेर राम्रा विद्यालय, सक्षम विद्यार्थी वनाउने जिम्मा शिक्षक मित्रहरूको हुनेछ भने त्यसलाई सहयोग गर्ने काम विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूको हुनेछ । तपाईंहरूले नजानेकै त हैन कही कतै अध्ययन गर्दा पढेका सिद्धान्तहरू अहिले व्यवहारमा आएनन् की भन्ने मात्र हो । यदि नलगाड नलगाड नगरपालिकाका सरहरू सवै पक्षवाट विद्यालय प्रति समर्पित भएमा विद्यालय वास्तविक विद्यालय जस्ता वन्नेछन ।”

जाजरकोट नलगाड नगरपालिका ७ मा रहेको त्रिभुवन माविमा निरीक्षण र अनुगमनको क्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी

विद्यालय अनुगमन पछि प्रमुख प्रशासकीय अधिकृत गिरीले दिएका सुझावहरुमा कक्षाकोठामा अधिकतम (inductive ,methods) प्रयोग गर्नु पर्नें, सिद्धान्तलाई व्यवहारमा जोड्न सिकाउनें, बालबालिकालाई व्यावहारिक ज्ञान दिने कोसिस गर्ने, राम्रो विद्यालयका  (indicators)के के हुन जानेर पूरा गर्न प्रयत्न गर्ने, हरेका कार्यहरू शैक्षिक उपलव्धिसङ्ग जोडेर हेर्न कोसिस गर्ने, विद्यालयको भौतिक वातावरण मनोरम, आह ! भन्ने जस्तो बनाउनें, प्रसस्त सन्दर्भ सामग्री जुटाउने काम गर्नें, विद्यालयको अवस्था अनुसार नियम, आचारसंहिताहरू निर्माण गर्ने, बालबालिकाको समग्र विकासमा सहयोगी क्रियाकलापहरू गर्दै जाने रहेका छन ।

यसैगरी पठनपाठनका लागि उपयुुक्त वातावरण निर्माण गर्नें, विद्यालय सुशासनका मूख्य पक्षहरू व्यवस्थित बनाउने, बालमैत्री विद्यालय वातावरण निर्माण गरि शैक्षिक आकर्षण बढाउने, निरन्तर सुधार विधि अपनाउदै जानें, सिकारूको गर्दै उसको अवस्था पहिचान गर्ने र सुधारको योजना वनाउने, उपचारात्मक शिक्षण गर्नें, वुझेका सवै प्रयासहरूलाई निरन्तरता दिदै जानें,
र राजनीतिवाट विद्यालय र शिक्षालाई टाढा राख्ने लगायत सुझाव प्रमुख प्रशासकीय अधिकृत गिरीले दिएका छन । आफुहरु भविष्यको समाजलाई थप व्यवस्थित वनाउने जनशक्ति उत्पादनको जिम्मा लिएका मजदुर भएको भन्दै यदि अहिलेको सामाजिक विश्वासले भविष्यको समाजले थप ठूलो जिम्मेवारी दिनेछ भने आजको प्रयासलाई जीवन्त वनाउदै नजाने किन भनेर उनले प्रश्न समेत गरेका छन ।

प्रश्न गर्दै उनी भन्छन, “निरन्तर सुधारको कार्य योजना वनाई अगाडि वढ्ने जाँगर जागे कसो सुधार नआउला ? अपेक्षित उपलब्धि हासिल भई सन्तुष्टि प्राप्त किन नहोला ? राम्रो विद्यालयका राम्रा अभ्यासहरू अनुकरण गरौं, जिम्मेवार शिक्षक र सरोकारवाला  वनौं,learn ,unlearn,&relearn लाई निरन्तरता दिऔं, हामी नलगाड नगरपालिकाको शैक्षिक अवस्था उत्तम वनाउन सक्नेछौं ।”

बालबालिकासँग interaction  गर्दा पाइएको अहिलेको अवस्था हेर्दा लगानी कतातिर जादैछ भन्ने चिन्ता बढेको भन्दै सबैलाई शैक्षिक सुधारमा जोड दिन उनले आग्रह पनि गरेका छन ।

सुझाव यस्ता  छन :