२ कार्तिक २०८१, शुक्रबार

जुम्लामा जिप दुर्घटना ।

१ मंसिर, जुम्ला । जुम्लामा मतदान केन्द्रतिर जादै गरेको कर्मचारी चढेको गाडी दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला गाउँपालिका- ४ स्थित रावतवाडामा ताम्ती मतदान केन्द्र जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित गरिएको छ । तातोपानी गाउँपालिका-७ जनजागृति मावि ताम्तीमा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने सहितको ८ जनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ । सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने र एक जना प्रहरी कर्मचारी सामान्य घाइते रहेका प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीले जानकारी दिए ।

उनका अनुसार घाइते भएकालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । दुर्घटनामा निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी गम्भीर घाईते भएका छन् ।