२३ भाद्र २०८१, आईतवार

निर्वाचन आयाेगकाे , आंसिक प्राध्यापकलाई करारमा राख्ने प्रक्रिया बदर गर्न निर्देशन

काठमाडौं  । निर्वाचन आयोगले आंशिक प्राध्यापकलाई करारमा राख्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ ।

सानोठिमी लगायतका क्याम्पसमा विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया सुरु भएको भन्दै आयोगले बदर गर्न त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयलाई निर्देशन दिएको हो । साथै सानेठिमी क्याम्पसका प्रमुखलाई स्पष्टीकरण पनि सोध्ने निर्णय भएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता १२ गतेदेखि लागू भएको छ, जसमा विद्यालय, महाविद्यालय वा विश्वविद्यालयमा नयाँ पद सिर्जना गर्ने, रिक्त पद पूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने उल्लेख छ ।

आचारसंहिता लागु भइसकेको अवस्थामा आंशिक प्राध्यापकहरूलाई करार गर्ने गरी अगाडि बढाइएका प्रक्रियाहरु आचारसंहिताको प्रतिकूल हुने आयोगको ठहर छ । आयोगले आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया अगाडि बढेको भए तत्काल बलदर गर्न र तीन दिनभित्र जानकारी गराउन निर्देशन दिएको छ ।

साथै क्याम्पस प्रमुखलाई २४ घण्टाभित्र आयोगमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न भनेको छ ।