११ श्रावण २०८१, शनिबार

पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ बनिन् एमाले घोषणापत्र सार्वजनिक कार्यक्रमको उद्घाेषक

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ ।

होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले  गरेकी छन् ।

यसअघि पार्टीका महत्वपूर्ण समाराेह, बैठकहरु महासचिव या अरु नेताले सन्चालन गर्ने गर्थे । त्याे प्रथा तोड्दै एमालेले यसपल्ट पूर्व मिस नेपाललाई चुनावी घोषणापत्र सार्वजनिक गर्ने समारोहको सन्चालक बनाएको हो ।