काठमाडौं । नेपाली लोकसङ्गीतप्रेमी दर्शक–श्रोतामाझ लोकप्रिय गायक तथा कलाकार पर्शुराम रेग्मीको नयाँ लोकदोहोरी गीत ‘छड्के सलाम छ’ सार्वजनिक भएको छ। मौलिक शब्द, आकर्षक संगीत र उत्कृष्ट भिडियो प्रस्तुतिका कारण गीतले सार्वजनिक भएको छोटो समयमै दर्शकको ध्यान खिच्न थालेको छ।
गीतमा दीपिका बयाम्बु मगर र पर्शुराम रेग्मीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत यामा ब्रान्डले सिर्जना गरेका हुन् भने सुफिक्स मदनले संगीत संयोजन गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् भने सागर सञ्चार राईको रेकर्डिङ रहेको छ। गीतको रेकर्डिङ एरिका स्टुडियोमा गरिएको हो।
गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोमा कृष बम, गीता ढुङ्गाना र पर्शुराम रेग्मीको सशक्त अभिनय देख्न सकिन्छ। विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीले भिडियोलाई जीवन्त बनाएको छ भने महेश महरा एण्ड टिमको छायाङ्कनले दृश्यलाई थप आकर्षक बनाएको छ।
भिडियोमा यमुना पाण्डेको मेकअप, मिन रावलको रङ संयोजन, लक्ष्मण चौहानको सम्पादन तथा पोस्टर आर्टले विशेष आकर्षण थपेको छ। भ्यालेन्टिनो द बुटिक र सुकनीता चौलागाईंले पोशाक व्यवस्थापन गरेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन बी। स्टार फिल्म्सले गरेको हो भने क्यामेरा व्यवस्थापन प्रशान्त केसीले गरेका छन्। निर्माण टोलीले भीम खड्काप्रति विशेष आभार पनि व्यक्त गरेको छ।
प्रेम, रोमान्स र मौलिक लोकसंस्कृतिको सुन्दर मिश्रण बोकेको ‘छड्के सलाम छ’ गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। शब्द, संगीत, गायन, अभिनय र छायाङ्कनको सन्तुलित संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया आउन थालेका छन्। नेपाली लोकसङ्गीतमा नयाँ स्वाद खोजिरहेका दर्शकका लागि ‘छड्के सलाम छ’ उत्कृष्ट सांगीतिक उपहार बन्न सक्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
