काठमाडौ : निम्न राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तरविरोधहरुकाे समाधान गर्न समाजवादी कम्युनिस्ट पार्टी नेपालले `नेपाली जनक्रान्ति”को कार्यदिशा अवलम्बन गरेको छ ।
गत चैत २७/२८ गते रामेछापमा सम्पन्न पार्टीको प्रथम विस्तारित बैठकबाट उक्त कार्यदिशा सहितकाे कार्यक्रम पार्टीका महासचिव समरजंगले पेस गरेका थिय ।
कार्यदिशाका केही अंस यस्ता छन :
(क) आज नेपालमा नवऔपनिवेशिक दलाल पुँजीवादी उत्पादन सम्बन्धले नयाँ अन्तरविरोधहरू पैदा गरेको छ ।
१) गरिब, किसान र भूमाफिया एवम् बिचौलियाहरु बीचको अन्तरविरोध ।
२) श्रमजिवि एवम् मजदुर र नवऔपनिवेशिक दलाल पुँजीवादी व्यवस्था बीचको अन्तरविरोध ।
३) वैदेशिक व्यापारी र स्थानीय व्यापारीहरू बीचको अन्तरविरोध
४) नवऔपनिवेशिक पुँजी र राष्ट्रिय पूँजी बीचको अन्तरविरोध र
५) समग्र उत्पीडित श्रमजिवि जनता र नवऔपनिवेशिक पूँजीवादी दलाल संसदीय व्यवस्था बीचको अन्तरविरोध ।
(क) आजकाे विश्व अन्तरविरोध :
१) विश्वसाम्राज्यवाद र उत्पीडित श्रमजिवि जनता बीचको अन्तरविरोध ।
२) अन्तरसाम्राज्यवादी अन्तरविरोध ।
३) साम्राज्यवादी देशहरू र उत्पीडित राष्ट्रहरूबीचको अन्तरविरोध
४) साम्राज्यवादी देशहरूमा एकाधिकार पूँजीपति र सर्वहारा एवम् श्रमजिवि वर्गबीचको अन्तरविरोध र
५) पुँजीवादी र समाजवादी व्यवस्था बीचको अन्तरविरोध ।
१) विचारधारात्मक कार्यदिशा(मार्गदर्शन एवम् पथप्रदर्शन) – माक्सवाद, लेनिनवाद र माओवाद ।
२) कार्यदिशा – नेपाली जनक्रान्ति ।
३) कार्यक्रम – नेपाली समाजवाद ।
४) रणनीति एवम् लक्ष्य – समाजवाद- साम्यवाद ।
५) कार्यनीतिक – जनतामा जाऔँ – जनताको सेवा गरौँ ।
६) कार्यनीतिक कार्ययोजना –
क) सामाजिक रूपान्तरणका लागि सामाजिक सत्ता ।
ख) आमूल परिवर्तनको लागि गुणात्मक सुधार ।
ग) स्वाधीन राष्ट्र, समृद्ध समाज र समाजवादी भविष्य ।
घ) नयाँ विचार पाठशालाको प्रारम्भ, सन्चालन र विकास ।
ङ) नवऔपनिवेशिक दलाल पुँजीवादी व्यवस्था अर्जुनदृष्टिको निशाना ।
च) भ्रष्टाचार, तस्करी, बेरोजगारी, कालोबजारी, वित्तीय शोषण, सामाजिक भेदभाव, पुँजी प्रतिभा र युवा पलायन विरुद्ध संघर्ष एवम् आन्दोलन ।
घ) राष्ट्रियता, जनतन्त्र र जनजीविकाको संवर्दन ।
१) सम्पूर्ण सहिद, बेपत्ता योद्धा, घाइते अपाङ्गता भएकाहरूका घर-कोठाहरु पुग्ने, ती परिवारहरुको लगत लिने, अवस्था र समस्या सूचीकरण गर्ने र समाधानका लागि पहल गर्ने ।
२) राजनीतिक पीडितहरुका घरघरमा पुग्ने, समाजका लागि विशिष्ट योगदान पुऱ्याएका अग्रजहरूका घरघरमा पुग्ने, अति विपन्न र सन्तति मुग्लानिएकाहरूका घरघरमा पुग्ने, मिटरब्याज- सहकारी, सूदखोरपीडितका घरघरमा पुग्ने, प्राकृतिक पीडितका घरमा पुग्ने, असामाजिक विभेदमा परेकाहरू जस्तै : बोक्सी भनेर डामिएका, दलित भनेर हेपिएका, दाइजोको मारमा परेकाहरूसँग पुग्ने, किसान, श्रमिक एवम् मजदुर, सुकुमबासी, महिला, दलितका टड्कारा समस्या, घटना विशेषसमेत लिएर, वैदेशिक रोजगारपीडितका घरमा (जस्तै इजरायलमा मारिएका, रुस वा युक्रेनमा मारिएका, बन्धक बनाइएका, ठगिएकाहरूका घरघरमा) पुग्ने, सन्तान विविध कारण (जस्तै अध्ययन, रोजगारीका क्रममा) विदेश गएर नफर्किएकाका कारण अलपत्र परेका वृद्धवृद्धा, एकल-असहायहरूको घरमा पुग्ने, मौसमअनुसार जनताको खेतखलिहानमा श्रम-सीप लगाउँदै जागरण ल्याउँदै, विद्यालयदेखि विश्वविद्यालय, कलेजसम्म विद्यार्थी-शिक्षक- कर्मचारीका समस्या लिएर, सरकारी कार्यालय, एनजीओ- आईएनजीओ-मेनपावर कम्पनीहरू, शैक्षिक परामर्श दातृ संस्थाहरूको कार्यालयमा सर्वसाधारणका समस्या लिएर, बिधुवा, अल्पसङ्ख्यक, लोपोन्मुख जाति-समुदायको घरमा तिनका समस्या, सांस्कृतिक परिचय, इतिहास लेखनलगायत विषय लिएर, चिकित्सक, व्यवसायी, आयोजना, पत्रकार, संस्कृतिकर्मी, सरकारी कार्यालय, कम्पनीहरूमा तिनका समस्या, हाम्रो सहयोग, योजना र उहाँहरुकाे सहयोग समेतको अपेक्षा गर्दै पुग्ने ।
३) भ्रष्टहरूका घर-कार्यालयमा पुगेर सामाजिक बहिष्कार र भण्डाफोर गर्ने ।
४) मन्त्रालय, कानुनव्यवसायी, न्यायाधीश, सांसद, मन्त्री, राजनीतिक पार्टीका नेता-कार्यकर्ताहरूकोमा उनीहरूसँग सम्बन्धित विषय लिएर अघि बढ्ने ।
५) वामपन्थी, कम्युनिस्ट नामधारीहरूसँग क्रान्तिलाई केन्द्रमा राखेर वैचारिक बहस र छलफल गर्ने ।
६) राष्ट्रियताका विषयमा छलफल, बहस, अन्तरक्रिया, गोष्ठी, ध्यानाकर्षण, प्रदर्शन र प्रकाशन गर्ने ।
७) जनतन्त्र र जनजीविकाका विषय, महँगी, कालोबजारी, तस्करी, मूल्यवृद्धि, कमिसन खोरीका विरुद्ध भण्डाफोर सभा, गोष्ठीहरू गर्ने ।
८) नवऔपनिवेशिक दलाल पुँजीवादी संसदीय व्यवस्थाका विभिन्न पार्टीका नेता, मन्त्री, सांसद मुछिएका मानवतस्करी, सहकारी ठगी, तस्करी, बैङ्क-बजेट- सरकारी सम्पत्ति-जमिन घोटालालगायतका विषयको भण्डाफोर र जनकारबाहीको पहल लिने जस्ता कार्यक्रमहरु अगाडि सारेकाे पार्टीका महासचिव समरजंगले जानकारी दिए ।
