युवावस्थामा आर्थिक समृद्धिका सपना देख्न कसलाई मन पर्दैन र?
विशेषगरी हाम्रो जस्तो अल्पबिकसीत, राजनीति अस्थिरता बाट भ्रष्टाचारले चुर्लुम्भ डुबेको मुलुकका युवाहरूका भबिश्यका सपना त झन् अबसर पाए चन्द्रमासम्म पुग्ने देख्नु पर्छ ।—जसमा अमेरिका, अष्ट्रेलिया, युरोपजस्ता देशहरू सपना होईनन्, लक्ष्य बन्नु पर्छ।खासगरी अमेरिका जाने अबसर लाई चुम्न लालयीत युवाहरु लाई याबत पक्ष उचालेर दोष देखाई हतोत्साहित गरिनु को औचित्य छैन । नागरिकहरुको स्वतन्त्रता
को रक्षा गर्नु राज्यको दायित्व हो । सबाल ग़ैरक़ानूनी अप्रवासी हरुको समन्धमा अन्तराष्ट्रीय कानुनको सम्मान गर्ने बिषय प्रतिको चासो र निरुत्साह गरिनु सम्म हो ।आफ्ना मूलुकका युवा हरु लाई दलाल मार्फत अमेरिका वा खाडी तिर धकेल्न त्यसमा पनि राज्यकै संयन्त्र मिलेर छिराईन्छ अर्थात् बेचिन्छ, पासबीक ब्यबहारमा लगाइन्छ अत्याचार गरिन्छ,जवान महीला हरु लाई शरिर बेच्न समेत बाध्य पारिनु जघन्य अपराध हो । महीना पिच्छे ती बेसहारा बनेका युवा युवती आत्महत्या गर्न बाध्य हुन्छन। दैनिक एअरपोर्टमा लास आउछ, सानो मसिनो अक्षरमा समाचार बन्ने नियति दोहोरिन्छन, यति गम्भीर बिषयमा पनि कुनै छानबिन र राज्य को जीम्मेबार कर्मचारी या नेताको उपस्थिति हुन आबश्यक पर्दैन? बरु यती रेमिट्न्स भीत्रयाउन यो सरकार सफल भएको डाटा सगौरब प्रस्तुत गरिन्छ । सबैको ध्यान उतै खिचिनु नियती बनीसकेको छ । कुन दलाल मार्फत पठाईयो ? छानबीन र समन्धीत देशका राजदूत तर्फ औलो कहीलै ठडीदैनन। उनीहरु त कोटामा अधीकार पाएर पुरस्कार स्वरूप गएका न हुन , जबाफ देयी त आफ्नो कोटामा परेका नेता खुशी बनाउन सम्म हो भन्ने जगज़ाहिर छ ।
राज्यको तेस्रो अंग बुद्धिजीवी मानिने केही पत्रकारहरु उही पिडीत युवाको बाध्यता लाई धज्जी उडाउनुमा बहादुरी ठान्छन अनी हामि मध्येका ठुलो समूह त्यसैलाई भाईरल बनाउन उद्धत हुन्छौ ।“उसको सपना त चकनाचुर भयो रे, बल्ल ठिक भयो, जेलमा कोच्न पर्ने आदी । तर त्यो दोषको भागीदार को हो ? काहा बाट कनेक्शन जोडीएको रहेछ ? खोजबीन र दबाब ति मिडीया हरुमा देखिदैन । दोष जती सबै पिडीत लाई थुपार्नमा पुरुषार्थ ठान्दाको क्षतीको मूल्याकन गरौ त दोषि बास्तबमा को रहेछ?त्यस तिर ध्यान दिदैनौ । सरकारी संयन्त्र र राजनैतिक साठगांठ बिना यस्ता ग़ैरक़ानूनी कृयाकलाप सम्भव छैन जुन बीगतका घटनाहरुको नेक्सन काहा सम्म जोडीदो रहेछ घाम जत्तिकै छर्लंग हुनेछ।
अब नागरिक समाजका सचेत युवाहरु कुनै अमुक पार्टीका झोले बनेर सडक तताउने नौटंकी त्यागी यस्तै मानीस बेच्ने सरकारी दलाल हरुको बिरुद्धमा आबाज बुलन्द पार्न लागौ । यहीनै पून्य कर्म हुनैछ नेपाल आमा प्रतिको सम्मान पनि ।
अबको दिनमा नया बहस सुरु गरौ – के साँच्चै ति फर्काईएका, ठगीएका युवाहरुको सपना चकनाचुर भएको हो त ? तिनीहरु ठगिनुमा, फर्काईनुमा, पिडीत बनाईनुमा, चेली हरुलाई पेशामा लाग्न बाध्य बनाईनुमा स्वंम तिनीहरुको बाध्यताको उपज होला ? वा तिनका पछाडी का भीलेनहरुको नेक्सन काहा सम्म फैलिदै रहेछ यस तर्फ बहस सुरु गरिन जरुरी छ । खासगरी समाजका सचेत नागरिक समाजका अगुवा महोदय हरु संगको अपेक्षा यही हो ।
वा ति पिडीत युवाहरु लाई नयाँ सपना सुरु गर्न ढोका खुलेको हो ? भनेर बुझाउन लागी परौ, यस्को बहस अब सुरु हुनु पर्छ। राज्य का संयन्त्र, नागरिक समाज, पत्रकारिता गर्ने बर्ग र सर्बसाधरण जनताहरु पनि सचेत हुन,ठगी बाट आक्रान्त गरिब, पिडीत, राज्य बाट उपेक्षित युवाहरुको पक्षमा बुलन्द आवाज़ उठाऔ।
अर्काको देशमा बगाएको शारीरिक श्रमको त्यो पसिना, विदेशी भूमिमा खटेको समय, त्यो त अनमोल पूँजी हो। त्यही पूँजी, त्यही अनुभव, अब स्वदेशमै प्रयोग गर्न सकिन्छ। त्यो पनि हाम्रो आफ्नो माटोमा। किनभने अबको आवश्यकता बिदेसी भूमिमा मात्र होइन, नेपालमै सम्भावना देख्न देखाउन ढिलो नगरौ।
बिचार गरौ त राज्यको कृषी क्षेत्रमा छुट्याईका अनुदानमा रजाई कुन बर्गले गरिरहेको छ ? सही सदुपयोगमा बाधा पुर्याउने लागी पर्नेहरुको कनेक्शन काहा सम्म पुगेको रहेछ? किन सडकमा दुध तरकारी पोख्ने नौटंकी रचीन्छन ? बीगतमा समाचारमा भनिए जस्तो पाउडर दुध पोख्न लगाईयो, तरकारी समेत प्रयोजीत थिए जुन ईशारा गर्ने संचालक हरु को लगानी र ईशारामा गरिएको थिए जो केवल सिमा पारीका गोठाला थिए। मुख्य धेय नेपालमा केही हुन्न, कृषि क्षेत्रमा लागेर पछुतो बाहेक केही हात लाग्दैन भनेर प्रमाणित गर्ने जीम्मा पाएका हरुको कनेक्शन सीधै सिंहदरबार संग पुगेको बिषय छताथुल्ल भईसकेको हो।अन्यथा हाम्रो रैथाने उत्पादनले बजार नपाउने बोर्डर बाट धमाधम आबश्यकता को ख्याल नगरी कृषी उपजहरु छिराउने बाध्यताको चुरो पछ्याउन नसक्नु केवल बृद्ध नेताहरुलाई औलो ठड्याउदैमा टार्न सकिन्न। जो जीम्बेबारीमा रहेका ब्यूरोक्रेसी का खल नायकहरु लाई के भन्ने ?
याद गरौ ! सचेत बनौ !! अबको समग्र बिकास बिरोधी हरुको मूल्यांकन नेपाल आमाका सपुतहरुले पनि गर्न सक्छन भनेर समन्धीत पदस्थ कर्मचारी लाई खुला चुनौती दिनु स्रेयस्कर हुनेछ ।
नेपालको माटो अझै उर्बर छ, खोला अझै बगिरहेका छन्,मलीलो खेतबारी अझै बाँझो छन्। हामीले रित्तो बोरामा फर्काएका सपना यही माटोमा रोपी दिन सकिन्छ। त्यो सपना अब मलजल पाउँछ। विदेशमा कमाएको थोरै पूँजी, आर्जेको सीप, देखेको प्रविधि—यी सबैलाई नेपाली कृषिमा प्रयोग गर्न सकिने छ।
अबको कृषि भनेको हलो र गोरु, बाउसे कोदालो हलो मात्र होइन । कृषि अब नव प्रविधिसँगै सहकारिता गरेर हुने युग हो। ग्रीन हाउस, ड्रिप इरिगेसन, अर्ग्यानिक खेती, स्मार्ट फार्मिङ, एग्रोटुरिज्म—यी सबै अब स्वदेशमै सम्भव छन्। जुन माटोमा हाम्रो पिता पुर्खाले पसिना संगै खुन बगाएर हामीलाई सक्षम बनाए, पढे लेखी सम्पन्न बन्यौ, त्यही माटो बाट उब्जेको खाएर त्यही माटो प्रति घृणा र अपमान गर्दैछौ लहीलहीमा लागेर, याहा केही हुन्न, पैसा कमाए पछी सहर तिरै अर्थात पैसा खवाएर पनि बाहीरै जानु पर्छ नभए लाज हुन्छ, समाजले हुतीहारा करार गर्छ भन्ने मन्त्र लाई पछ्यायौ र त आज स्राप रुपी सजाए खेप्दै छौ । कम्सेकम याबत बेथीतिको दुई तिहाईको जीम्मा राज्यले लिन पर्छ भने एक तिहाई को जीम्मा यो समाज, आफ्नै अभीभाबक हरुको अज्ञानता र पश्चिमा मोहमा परेका युवाहरुको मतिभ्रस्ट मनश्त्थीति पनि जीम्बेबार छ ।
रित्तो बोरा, काध र हातमा ठेला र अपमान को भारी बोकाएर फर्किएको त्यो युवा जब गाउँको बाँझो खेतमा आफ्नो पसिना झार्छ, ऊ त्यो खेतमा नयाँ सपना रोप्छ। त्यो खेतमा आलु मात्रै हुर्किँदैन, देशको भविष्य पनि हुर्किन्छ। अनि एक दिन त्यही युवा हिजो उसलाई हेप्ने समाजकै लागि प्रेरणा बन्छ।
आज विदेशी भूमिमा अनागरिक, सस्तो मजदुर भएर फर्किएका युवाहरूलाई अपमान गर्नु होइन, सम्मान गर्नुपर्छ। खासगरी कृषि क्षेत्रमा लगानीको स्रोत जुटाउन सरकारी योजनामा पारदर्शिता हुनै पर्छ। तमाम खुलेका बैक र बित्तिय संस्थान हरु उनीहरूको साहस, अनुभव र मिहिनेतलाई मुल्याङ्कन गरेर स्वदेशमै अवसर सिर्जना गर्ने वातावारण बनाउन ऋण प्रबाहमा सहजता र बजार ब्यबस्थापन समेतको ग्यारेन्टी हुनु जरुरी छ। नेपालका प्रत्येक वडा वडामा कृषि मन्त्रालयको शाखा खोली दक्ष जनशक्ति र आधुनिक प्रबीधी यूक्त कार्यलय मार्फत ब्यबसायीक कृषि उपजमा जोड दिनु आजको समयको माग हो ।
त्यसैले, रित्तो बोरा बोकेर फर्किएको युवक हरु हाम्रो नया सम्भावना हुन, नेपालकै सच्चा छोरा छोरी हुन, बदमाश र असफल होइनन । यिनीहरु त हाम्रो सन्तान हुन सफलताको नयाँ अध्याय सुरु गर्न फर्काईएको पो हो। अब उसको गन्तव्य अमेरिका लगायत बिकशित देशको कामदारमा सिमीत हुने सपना छोडौ। आफ्नो पौरखबाट मालिक अर्थात उधमी बनौ ।
अब यी याबत समस्या हरु र चुनौती राज्यका जीम्बेबारी मात्र भनेर दोष लगाउनुको तुक छैन आम सचेत नागरिक हरुले मनन गर्न र आत्मा समिक्षा गर्न जरुरी देखियो ।
जय मातृभूमि नेपाल
लेखक सशस्त्र प्रहरी बलका पूर्व वरिष्ठ उपरिक्षक तथा सामाजिक अभियन्ता हुनुहुन्छ ।