काठमाडौं । महोत्तरीमा हिजो मृत भेटिएका शिवशंकर महतोको हत्या आरोपमा उनकै श्रीमती पक्राउ परेकी छिन् ।
प्रहरीले महतोकी श्रीमती सिर्जना महतोलाई पक्राउ गरेको हो । गत शुक्रबार ससुराली हिँडेका महतोको गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो।
उनको खुकुरी प्रहार गरी हत्या गरिएको र अनुहार नचिनियोस् भनेर जलाइएको अवस्थामा फेला परेको थियो ।
श्रीमतीको विवाहेत्तर सम्बन्धका कारण महतोको हत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको छ ।