२० चैत्र २०८१, बुधबार

सालकको खपेटा सहित एक जना पक्राउ

काठमाडौं ।  चन्द्रागिरी नगरपालिका-४ पानीघाटबाट सालकको खपेटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार रूपैयाँ र मोबाइल १ थान सहित दोलखा शैलुङ गाउँपालिका-६ घर भएका ३२ वर्षीय सुवास तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मकवानपुरको चित्लाङबाट काठमाडौं थानकोटतर्फ आउँदै गरेका उनलाई उक्त   खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।