२० चैत्र २०८१, बुधबार

वीभत्स हत्यापछि जलाइएको अवस्थामा भेटियो एक पुरूषको शव

काठमाडौँ । महोत्तरीमा एक जना पुरूषको हत्या भएको छ।

 

गौशाला नगरपालिका-८मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको हो।

शव शुक्रबार साँझ साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए।

 

उनका अनुसार मृतक धनुषा क्षिरेश्वर नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतो हुन्।

महतोको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको हो।

उनको टाउकोमा खुकुरीले प्रहार गरेको र जलाएको समेत अवस्थामा रहेको डिएसपी जयसवारले बताए।

‘खुकुरीले प्रहार गरी जलाएको अवस्थामा फेला परेको हो। अनुसन्धान हुँदैछ,’ उनले भने, ‘सनाखत भएसँगै थप कुराहरू पनि खुल्दैछन्।’