२०८३ श्रावण १०, आइतवार

बार अध्यक्ष घिमिरेले दिएको विवादित अभिव्यक्तिको श्रव्यदृश्य सामग्री झिकाउन सर्वोच्चको आदेश

काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले श्रव्यदृष्य सामग्री झिकाउन आदेश दिएको छ ।   आज न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलासले घिमिरेले दिएको अभिव्यक्तिको श्रव्यदृष्य सामग्री उपलब्ध गराउन आदेश दिएको हो ।   सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले घिमिरेविरुद्ध असोज १४ गते अदालतको अवहेलना मुद्दामा रिट दायर गरेका थिए ।