६ मंसिर २०८१, बिहीबार

अल्फाबिटाको शाखा अब नेपालगञ्जमा, ‘इन्टरनेसनल एड्मिसन डे’ पनि आयोजना हुँदै

नेपालगन्ज, नेपालकै चर्चित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगञ्जमा पनि विस्तार गर्ने भएको छ ।
आगामी आइतबार अल्फाबिटाले नेपालगन्ज उपमहानगरपालिकास्थित धम्बोजीमा नेपालगञ्ज सेन्टरको समुद्घाटन गर्ने भएको हो । काठमाडौं उपत्यकाबाहिर बिर्तामोड, पोखरा इटहरी, चितवन, विराटनगर, दमकमा आफ्नो सेवा दिइरहेको अल्फाबिटाले अब नेपालगञ्जमा आफ्नो उपस्थिति देखाउने भएको हो ।

सोही दिन ‘इन्टरनेसनल एड्मिसन डे’ पनि आयोजना हुनेछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने यो मेलामा विभिन्न देशका प्रतिष्ठित युनिभर्सिटीहरुका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर त्यहाँको शिक्षा नीति, भर्ना, छात्रवृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण विषयको बारेमा बुझ्ने मौका पाउनेछन् ।
विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत अल्फाबिटाले इथिकल परामर्श, विश्वस्तरको संरचना, गुणस्तरीय शिक्षक, विश्वविद्यालयसँग विश्वसनियता र सेवाको गुणस्तरलाई आफ्नाे विशेषताको रुपमा स्थापित गरेको छ । यसले यूके–युरोप, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।