५ आश्विन २०८१, शनिबार

जाजरकोटमा चट्याङ् लागेर एक महिलाको ज्यान गयाे

जाजरकोट :चट्याङ् लागेर भेरी नगरपालिका–२ पोखराकी एक महिलाको मृत्यु भएको छ । चट्याङले घाइते महिलालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याई सकेपछि मृत्यु भएको हो ।

सनिबार बेलुका ५:४५ बजेतिर घर नजिकै परेको चट्याङले भेरी नगरपालिका–२ पोखराका मोहनलाल कामीकी ५५ बर्षीय श्रीमति कौशिला कामी गम्भीर घाइते भएकी थिइन् । चट्याङ लागेर कौशिला घाइते भएको खबर पाएपछि पाँचकाटिया प्रहरी चौकीमा कार्यरत वरिष्ठ प्रहरी हलदार गेद बहादुर चन्दको कमाण्डमा ४ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

कामीको घर छेउमा बाँधेको एक भेडा चट्याङ्ग लागेर मरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चट्याङ लागेर गम्भीर घाइते कौशिलालाइ जिल्ला अस्पताल, जाजरकोटमा बेलुका ८ बजे पुर्‍याइयकाे थियो ।

जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले कौशिलाको चेकजाँच गर्दा बेलुका ८ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ ।