२ कार्तिक २०८१, शुक्रबार

खेलकुद बिकास समितिको जग्गामा ब्यावसायीक भवन बनाउनु अवैधानिक

बुटवल :बुटवलटुडे दैनिकको असार ११ गतेको अंकमा प्रकाशित ‘खेलकुद समितिको जग्गामा ब्यवसायिक भवन ”शिर्षकमा समाचार आएसंगै विभिन्न संघसंस्थाहरुले खेलकुद ऐन र नियमावली विपरित पदाधिकारीबाट भएको गलत कार्यको विरोध शुरु गरेका छन ।श्रमिक कम्युनिष्ट पार्टी नेपालले प्रेस विज्ञप्तीमार्फत रुपन्देही खेलकुद बिकास समितिले सार्वजनिक संस्था जस्तो गरिमामय सम्पत्तिलाई सटर निर्माण गरि व्यापारमा परिणत गर्न खोजेर गलत कार्य गरेको दाबी गरेको छ ।

खेलकुद ऐन र नियमावली र सार्वजनिक खरिद ऐन र नियमावली विपरीत रुपन्देही खेलकुद बिकास समितिको कार्यालय हाटबजार बुटवलमा रहेको प्राङगणमा सिलबन्दीका लागि पत्रपत्रिकामा सुचना नै प्रकाशित नगरी काठमाडौँको एक निर्माण कम्पनीलाई ठेक्का सम्झौता गर्नु, उक्त संस्थालाई विकास र संरक्षण गर्न चाहने दल वा संस्थाहरुलाई प्रलोभन दिई आफ्ना कर्तुतहरु लुकाउन खोज्नु, नागरिकको नैसर्गिक अधिकार संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उप दफा १ बमोजिमको सुचना हकलाई कुण्ठित गरिनु, कार्यलयमा पठाएका पत्रहरुको कार्यलय कार्य सम्पादन विपरीत अभिलेख तथा दर्ता कार्यहरू नगर्नु, गत बर्षको कार्यसमिति भङ्ग भएको अवस्थामा पनि हामी नै छौं भन्दै उक्त अवैधानिक कार्यसमितिबाट कार्यसम्पादन गरिएको जनाएको छ । ‘यस्ता कार्यहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ साथै सम्पूर्ण युवा खेलाडी, खेल प्रेमि र आम जनसमुदायहरुलाई आन्दोलित हुन समेत आह्वान गर्दछौँ ’—विज्ञप्तिमा लेखिएको छ ।

तत्काल सम्बन्धित पक्षलाई सच्याउन चेतावनी दिदै चरणबद्ध संघर्ष गर्ने विज्ञप्तीमा लेखिएको छ ।
खेलकुद जस्तो संवेदनशील बिषयलाई बिकास, संरक्षण र प्रबर्द्धन गर्नुपर्ने बेलामा प्रशिक्षकहरुले खेलाडीको तलव, भत्ता र विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा जितेका पुरस्कारहरु नदिने, क्षमतावान खेलाडीहरुलाई विस्थापित गरि राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा असक्षम आआफ्ना आसेपासेहरु सहभागी गराउने, खेलकुदसंग सम्बन्धित सार्वजनिक संस्थाहरुको बदनाम गर्ने तथा व्यापार गर्ने जस्ता कार्यहरू रोक्नुपर्ने पार्टीका संयोजक दिग्दर्शन द्धारा जारी विज्ञप्तीमा लेखिएको छ ।

बिज्ञप्ति यस्तो छ :-